चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार १३:४१:१७
१६ चैत, दमौली 'तनहुँ' । तनहुँको भिमाद घर भई दमौली बस्दै आएका राजेन्द्र अर्याललाई खैरेनीटारदेखि दमौली आइपुग्न तीन घण्टा लाग्यो । दुई दिनदेखि परेको झरीका कारण राजमार्ग हिलाम्य भएपछि २२ किलोमिटर दूरी छिचोल्न उनलाई तीन घण्टा लागेको हो ।
अर्यालले भने, “झरीले राजमार्ग हिलाम्य छ । हिलाम्य राजमार्गमा सवारीसाधन फसेर निकै बेर जाममा बस्नुपर्यो ।” खैरेनीटारदेखि थर्पुसम्मको खण्डमा बढी समस्या रहेको उनको भनाइ छ । मुग्लिन पोखरा सडक विस्तारका क्रममा ठाउँठाउँमा एकतर्फी कालोपत्रको काम अगाडि बढे पनि कालोपत्र नभएका ठाउँमा हिलो माटोले सवारीसाधन फस्दा यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् ।
खैरेनीटारमा व्यवसाय गर्दै आउनुभएका ज्ञानेन्द्र काफ्लेलाई दमौली आइपुग्न दुई घण्टाभन्दा बढी लाग्यो । हिलोका कारण गाडी फसेपछि बसबाट झर्न पनि मिलेन । दुई दिनदेखि परेको वर्षाका कारण मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको कोत्रेदेखि आँबुखैरेनीसम्मको यात्रामा यात्रुले सास्ती भोग्नु परेको छ । विशेषगरी जामुनेदेखि कोत्रेसम्मको यात्रामा बढी समस्या छ ।
पोखरा सडक आयोजना पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले वर्षायामअघि सडकको नाली बनाउने योजना भए पनि नाली तयार नभइसकेकाले यो समस्या आएको बताए । पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ ।
मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार २० किमी खण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी, बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न भागमा गरी १२ किमी दुईतर्फी र आठ किमी एकतर्फी खण्ड कालोपत्र सकिएको छ ।
पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी दूरीको यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्रको काम भइरहेको छ । पोखरा खण्डमा कालोपत्र हुँदैछ । पश्चिम खण्डमा हालसम्म छ किमी एकतर्फी सडक कालोपत्र भइसकेको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको काम सम्पन्न गर्ने मिति विसं २०८१ भदौसम्म छ । यो खण्ड रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार