कांग्रेसले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवार टुंग्याउने
नेपालबहस संवाददाता
चैत १८, २०८० आइतबार १०:४३:२५
१८ चैत, काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ मा उपनिर्वाचनका लागि आज उम्मेदवार चयन गर्ने भएको छ । इलाम-२ मा आउने वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । प्रतिनिधि सभाअन्तर्गत इलाम-२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार आज चयन गर्ने बताइएको छ ।
नेकपा एमालेले सुवास नेम्वाङका छोरा सुहाङलाई उमेदवार बनाएर प्रचार अभियान थालिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार उम्मेदवारी घोषणा गरेको छ । यसअघि नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले उम्मेदवार घोषणा गरेर प्रचार शुरू गरिसकेका छन् ।
कांग्रेसले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन । कांग्रेसको क्षेत्र, जिल्ला, प्रदेश समितिले समेत नाम सिफारिस गरेर पठाएको हप्ता दिनभन्दा बढी हुँदा पनि केन्द्रले उम्मेदवार घोषणा गर्न नसकेको हो । कांग्रेसको इलाम जिल्ला कार्यसमितिले भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्दम, चन्द्रमाया लिम्बु र शान्तिकला तामाङको नाम केन्द्रमा पठाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले चैत १८ गते उम्मेदवारको टुंगो लगाउने बताएका थिए । उनले एक चरण पदाधिकारी तहमा उम्मेदवारबारे छलफल गरिसकेका छन् । आज देउवाले महामन्त्री र पदाधिकारीसँग छलफल गरेर उम्म्ेदवारको टुंगो लगाउने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार