गठबन्धन फेरिँदा सशस्त्रका एसएसपीलाई बढुवामा घाटा
नेपालबहस संवाददाता
चैत १८, २०८० आइतबार १३:५१:५७
१८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनको काँध फेरेसँगै सशस्त्र प्रहरीका एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई घाटा लागेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाई भएका नाताले सधैं अवसर लिइरहेका एसएसपी दीपेन्द्र कुवँरलाई घाटा लागेको हो ।
प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस आवेदन दिएका कुँवरलाई सत्ता गठबन्धनको झट्का लाग्दा दीपक अधिकारीले अवसर पाएका छन् । बढुवा समितिको सचिवालयले एसएसपी दीपक अधिकारीलाई डीआईजी बढुवामा सिफारिस गरेसँगै उनले सशस्त्र प्रहरी मूख्यालयको प्रबन्ध शाखाबाट बिदा लिने तयारीमा लागेको स्रोतले जनाएको छ ।
उनलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको समितिले जनाएको छ । सशस्त्र प्रहरीमा एक जना डीआईजीको दरबन्दी रिक्त थियो। बढुवा सिफारिसउपर चित्त नबुझे नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सकिने सचिवालयले जनाएको छ ।
एसएसपी अधिकारी प्रधानमन्त्री प्रचण्ड निकट रहेका कर्मचारी हुन् । नेपाली कांग्रेस निकट रहेका कृष्ण ढकालले पनि बढुवा लागि कोसिस गरेका थिए । तर उनलाई छाडेर प्रधानमन्त्रीले अधिकारीलाई डीआईजी सिफारिस गर्न दबाब दिएको स्रोतको दावी छ । एक महिना अघि नै बढुवाका लागि आवेदन मागिएको भएपनि ढिलो गरी बढुवा सिफारिस गरिएको हो । अधिकारी हाल पोखरा लामपाटन तालिमकेन्द्रमा कार्यरत रहेका छन् ।
सशस्त्रका एसएसपी कुँवरको डीआईजी हुने सपनामा कालो बादल ! |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार