परीक्षा हलभित्र काजमा खटिएका कर्मचारीको दादागिरी
नेपालबहस संवाददाता
चैत १८, २०८० आइतबार १८:०:९
दीपक शर्मा
१८ चैत बर्दिया । एसइइ परीक्षा चलिरहेको समयमा पास नभएका झुन्डहरु परीक्षा हल भित्र प्रवेश गरी विद्यार्थीलाई थर्काएको पाइएको छ । बर्दियाको मधुवन नगरपालिकामा आज आइतबार परिक्षा सुरु भएको केहि समयमै नगरपालिकामा काजमा रहेका खगेन्द्र खनाल र गणेश रावतले २ वटा विद्यालयको परीक्षा हल भित्र प्रवेश गरी विद्यार्थीलाई थर्काएको पाइएको हो ।
खनाल र रावत शुक्र मावि र भृकृटि माविमा प्रवेश गरी परीक्षा चलिरहेको कक्षा कोठामा विद्यार्थीले परीक्षा दिइरहेको अवस्थामा विद्यार्थीलाई चिट चोर्न पाइँदैन , चिट देखेको पाए भने क्लासबाट बाहिर निकालिदे धम्कि दिदै हो हल्ला गरेको एक परीक्षार्थीले बताए । काजमा नगरपालिकामा बस्दै आएका खगेन्द्र खनाल र गणेश रावतले पास समेत नलिएको बुझिएको छ ।
परीक्षा केन्द्रमा केन्द्राध्यक्षले पास देखाउन भनेपछि पास छ भन्दै परिक्षा हल भित्र छिरेका थिए । यस विषयमा मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरिले आफूले यो विषयमा जानकारी पाएको वास्तविकता बुझन बाँकी रहेको बताए । उता मधुवन नगरपालिका शिक्षा शाखा नारायण प्रसाद खनालले गणेश रावत भन्ने व्यक्ति परीक्षाहल भित्र प्रवेश गरेको बताए ।
शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका इकाई प्रमुख रेविका अमात्यले पास कसैलाई व्यवस्था नगरिएको तर स्थानिय पालिकाका शिक्षा प्रमुखलाई जिम्मेवारी दिइएको बताए । दुई जनाको दादागीरीले परीक्षा दिइरहेका विद्यार्थीहरूमा कस्तो खालको मानसिक दवाव परेको होला आफै अनुमान लगाउन सकिन्छ । पास नभएकालाई परीक्षा हल सम्म जाने पहुच र दादागिरीकै भरमा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार