सार्वजनिक खरिद अनुगमनले माग्यो २७ जना ठेकेदारसँग सातदिने स्पष्टीकरण
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार १०:१:४५
१९ चैत, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम सम्पन्न नगरेको र तोकिए अनुसारको गुणस्तरीय काम नभएको भन्दै विभिन्न २७ निर्माण कम्पनीका ठेगेदारहरुसँग सातदिने स्पष्टीकरण मागेको छ । कार्यालयले सूचना जारी गर्दै यसअघि ३० दिनभित्र स्पष्टीकरण दिन भएको तर, नआएको भन्दै सात दिने स्पष्टीकरण मागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको उक्त कार्यालयले २७ निर्माण कम्पनीको सूचीमा भारतका दुई र चीनको एक कम्पनीसमेत परेका छन् । यो स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने जनाएको छ । कालोसूचीमा परेमा उनीहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था छ ।
सात दिनको अवधिमा पनि स्पष्टीकरण पेश नगरेमा कालोसूचीमा राखिने कार्यालयद्वारा जारी सूचनामा भनिएको छ । कालोसूची राख्न सिफारिस हुनेमा रोशिस कन्स्ट्रक्सन, उमंग ट्रेडर्स, पौराई बाबा कन्स्ट्रक्स, साहनी विल्डर्स, न्यू जगतदेवी निर्माण सेवा, विवश इन्टरनेसनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, शोभा विल्डर्स एण्ड सप्लायर्स, नेपाल भुमी कन्स्ट्रक्सन कम्पनी लगायत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार