मार्चमा २८ दशमलव नौ प्रतिशत विदेशी पर्यटक नेपाल भित्रिए
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार १३:२१:१०
१९ चैत, काठमाडौं । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो ।
गत वर्षको मार्चमा कुल ९९ हजा्र चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट सो अवधिमा ३० हजार छ सय ९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने १२ हजार ९३ छ ।
बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार सात सय ७३ र बेलायतबाट सात हजार दुई सय ४१ जना, श्रीलङ्काबाट पाँच हजार सात सय ४१, जर्मनीबाट पाँच हजार दुई सय ५५, थाइल्याण्डबाट चार हजार तीन सय ४५, फ्रान्सबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार एक सय ३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
क्षेत्रीय हिसाबले हेर्दा एसिया ९सार्क०बाट ४० हजार सात सय २७, एसिया ९अन्य०बाट २८ हजार छ सय ४८, यू्रोपबाट २७ हजार पाँच सय ८२, ओसनियाबाट चार हजार सात सय ८० र क्यानडा र अमेरिकाबाट १२ हजार छ सय १४ जना पर्यटक नेपाल आएका छन् ।
यस वर्षको जनवरीमा ७९ हजार एक सय र फेब्रुअरीमा ९७ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमो सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार