के छ नेपाल वायुसेवा निगमसँग न्यारोबडी जहाज खरिद प्रक्रियामा भ्रष्टाचार नभएको पुष्टि हुने प्रमाण ?
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार १४:५०:५६
१९ चैत, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगमसँग जहाज खरिद गर्दा भ्रष्टाचार भएको छैन भने त्यसको पुष्टि हुने कागज पेश निर्देशन दिएको छ । न्यारोबडी जहाज खरिद प्रक्रियामा भ्रष्टाचार नभएको प्रमाणसहित १५ दिनभित्र स्पष्ट जवाफ दिन निगमलाई समितिको निर्देशन छ । समितिको सोमबार बसेको बैठकमा निगमलाई यस्तो निर्देशन दिएको हो ।
समितिले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचार जन्य कार्य नभएको समितिलाई विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न निर्देशन दिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए । उनले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने र न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा छानविन गर्ने बताए ।
सभापति यादवले परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समितिले थप कारबाहीको लागि बाध्य हुने चेतावनी दिए । उनले दुई हप्ता भित्र न्यारोबडी खरिद प्रक्रियामा कुनै बदमासी नभएको विश्वास दिन जरुरी रहेको बताए । उनले युरोपियन युनियनको कालोसूचीबाट हट्नको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमले उचित भूमिका खेल्न नसकेको बताए ।
यस अघिका पर्यटनमन्त्री सुदन किराँतीको समयमा जहाज खरिद प्रक्रिया अगाडि बढाइएको थियो । जहाज खरिदका लागि प्रक्रिया सुरु गर्दा नै यसमाथि प्रश्न उठेको थियो । त्यतिबेला मन्त्री किरातीले निगमलाई आत्मनिर्भर बनाउन जहाज थप्न आवश्यक रहेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
भिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार