बाटो नहुँदा चमेरे गुफा ओझेलमा
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार १३:४:६
१९ चैत, दाङ । तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा रहेको सिद्ध चमेरे गुफासम्म पुग्नका लागि मोटर बाटो सहज नहुँदा र प्रचारप्रसार अभावका कारण गुफा ओझेलमा परेको छ ।
करिब साढे दुई दशकपहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्न सके बाह्य तथा आन्तरिक पर्यटकको प्रवर्द्धन हुने स्थानीयको भनाइ छ । चारतिर जङ्गल रहेको र सोही जङ्गलसँगै विकट स्थानमा पहाडको फेदमा रहेको गुफा तथा चारैतिर हरियाली स्वच्छ मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । त्यति राम्रो दृश्य तथा गुफा अवलोकनका लागि जाने पर्यटक पैदल हिँडेर जानुपर्ने बाध्यता छ ।
चमेरे गुफासम्म पुग्नका लागि सामान्य कच्ची बाटो पुगेता पनि पर्याप्त रुपमा त्यसको विकास हुन नसक्दा गुफाको अस्तित्व नै सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता बढेको स्थानीय बताउँछन् । तुलसीपुर–४ की ४५ वर्षीया भावना गौतमले चमेरी गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिँदा अहिले सो क्षेत्रमा आउने आन्तरिक पर्यटकको सङ्ख्या न्यून रहेको बताए । उनले यसको विकासमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसले गाउँको मुहार फेरिने बताए ।
तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको यस गुफाको प्रचारप्रसार र संवर्द्धन गर्न सके पर्यटकीयस्थलका रुपमा विकास गर्ने सकिने यहाँका जानकारको भनाइ छ । प्राकृतिरुपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्ने सके दाङको मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताइएको छ ।
हाल गुफामा दैनिक रुपमा ३० देखि ४० सम्म सर्वसाधारण अवलोकनका लागि आउने गरेका छन् । तीन तला रहेको उक्त गुफासम्म पुग्नका लागि यसअघि साबिकको जिल्ला विकास समिति दाङ, तुलसीपुर उपमहानगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोग तथा स्थानीयको सक्रियतामा गुफासम्म पुग्ने कच्ची बाटो, यात्रु प्रतीक्षालय, चमेना गृह तथा अन्य केही संरचना निर्माण भए पनि गुफाको पर्याप्त विकास तथा पक्की मोटरबाटो बन्न नसको स्थानीयको भनाइ छ ।
गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघको स्वरुप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जो कोही पनि चकित पर्ने गर्दछन् । गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुप देख्न सकिन्छ । गुफामा विभिन्न तीन तह रहेका छन् । प्रत्येक तहका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ ।
बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेरे गुफामा चमेरा बस्ने भएका कारण यसको नाम चमेरे गुफा रहन गएको जानकार बताउँछन् । विसं २०५२ मा पता लागेको भए पनि गुफा कसले र कसरी पता लगायो भन्नेबारे सबै अनभिज्ञ रहेका छन् । जानकारहरु भने भिरमा घाँस काट्न जाँदा पत्ता लागेको बताउँछन् ।
गुफासम्म पुग्न बाटोमा सिँढी पनि निर्माण गरिएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डको हर्नेटीसम्म पक्की छ । हर्नेटीबाट भने गुुफासम्म पुग्न चार किलोमिटर कच्ची तथा साँघुरो सडक हुँदा बर्सातको समयमा यातायातका साधन चल्न नसके पनि हिउँदको समयमा साना सवारी साधन जाने गरेकाले पर्यटकहरुको सङ्ख्यामा कमी आएको स्थानीय बताउँछन् । यसको विकास भए दाङको पनि विकास हुने भन्दै स्थानीय सरोकारवाला निकायलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने बताउँछन् ।
सिद्ध चेमेरे गुफा संरक्षण समितिका अध्यक्ष भूपबहादुर पुनले गुफासम्म पुग्ने चार किलोमिटर बाटो साँघुरो र कच्ची हुँदा अवलोकन गर्ने आउने पर्यटकलाई कठिनाइ हुने गरेको बताए । कतिपय पर्यटक पैदल हिँड्नु परेपछि बीचै बाटोबाट फर्कनुले अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । उनले भने, “केही दिनअघि बर्दियाबाट गुफा अवलोनका लागि बसमा आएको एक टोली बाटो साँघुरो भएका कारण बस जान नसक्ने भएपछि हर्नेटीबाट फर्केको छ ।” यसको विकासका लागि सबै लाग्नुपर्ने अध्यक्ष पुन भन्छन् । चमेरे गुफासम्म पुग्ने बाटो निर्माण गर्नका लागि बजेटको व्यवस्था गरिदिन पटकपटक लुम्बिनी प्रदेश सरकार तथा उपमहानगरपालिकामा ध्यानाकर्षण गराउँदा कुनै सुनुवाइ नभएको अध्यक्ष पुन बताउछन् ।
चमेरे गुफालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि गुफाभित्र बिजुली, सिम्ढी, बाहिर प्रतीक्षालय, शौचालय, चमेना गृह पनि निर्माण गरिए पनि मुख्य बाटो सहज नहुँदा सास्ती हुने गरेको छ । हाल संरक्षण समितिले चमेरे गुफा अवलोकनका लागि प्रतिव्यक्ति रु २० लिने गरको छ । त्यसबाट सङ्कलित रकम गुफाको विकासमा लगाइँदै आएको छ ।
यसैबीच, वडा नं ४ का वडाध्यक्ष तुल्सीथापा मगरले चमेरे गुफा संरक्षण र संवद्र्धन गर्नका लागि आफूले पनि पहल गरिरहेको बताए । “चमेरे गुफा आफ्नो वडाको गहनाका रुपमा लिएका छौँ, यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना रहेको छ तर बजेट अभावका कारण पक्की बाटो निर्माण गर्न सकेका छैनौँ”, वडाध्यक्ष थापाले भने । उनले उपमहानगरपालिका, प्रदेश सरकार तथा केन्द्रीय सरकारसँग बाटो निर्माणका लागि बजेट माग गरिरहेको जानकारी दिए। उपमहानगरपालिकाले भने यस वर्ष चमेरे गुफाका लागि कुनै बजेट विनियोजन गरेको छैन । सन् २०११ मा चमेरे गुफामा स्थानीयको सहयोगमा महोत्सव पनि आयोजना गरिएको थियो । सो अवधिमा धैरै सङ्ख्यामा पर्यटकले गुफाको अवलोकन गरेका जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण
बैशाख २१, २०८१ शुक्रबार
नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
बैशाख १७, २०८१ सोमबार
सेनाको प्राविधिक सहयोगमा किन्ताङफेदीमा बेली ब्रिज निर्माण
बैशाख १७, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न माग
बैशाख २२, २०८१ शनिबार
लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट, माग धान्नै मुश्किल
बैशाख २२, २०८१ शनिबार
श्रीराम हस्पिटलको आयोजनामा १४ महिलासहित ६० जनाले गरे रक्तदान
बैशाख २२, २०८१ शनिबार
सुर्खेतको मालपोत कार्यालयमा आगलागी
बैशाख २२, २०८१ शनिबार
राष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना
बैशाख २२, २०८१ शनिबार