नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १२:११:५३
१७ वैशाख, भक्तपुर । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनीयरिङ फर्म्स (स्काएफ) नेपालको आयोजना तथा निर्माण व्यवसाय विकास प्रबर्द्धन केन्द्र, निर्माण व्यवसाय महासंघको सहयोगमा ५ दिने पुल डिजाइनको उच्चस्तरीय तालिम नगरकोटमा सम्पन्न भएको छ ।
पुल डिजाइनको तालिममा स्काएफ नेपालका सदस्य संस्था, सडक विभाग, विद्युत विकास विभाग, यातायात इन्जिनीयर मञ्च, निर्माण व्यवसाय महासंघका सदस्यहरू मध्ये पुल डिजाइनको प्रारम्भिक तालिम लिएका २७ जना छनोट भई तालिम लिएका थिए । सो तालिममा स्थानीय सडक पुल सहयोग इकाइको प्राविधिक सहयोग रहेको थियो ।
२०८१ वैशाख ९ गते भएको तालिमको उद्घाटन स्काएफका अध्यक्ष ई ठाकुर प्रसाद शर्मा र सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख ई ललि जङ खनालले संयुक्त रूपमा गरेका थिए । सो उद्घाटन समारोहमा तालिमका मुख्य प्रशिक्षक, स्थानीय सडक तथा पुल सहयोग इकाइका टीम लिडर ई शकिल मानन्धरले अतिथिको रूपमा उपस्थिति जनाएका थिए । कार्यक्रम संचालन स्काएफ नेपालको पेशागत क्षमता अभिवृद्धि उपसमितिका संयोजक आ. नविन घिसिङले गरेका थिए ।
दुवै तालिममा वरिष्ठ इन्जिनीयर शकिल मानन्धर, वरिष्ठ ई रञ्जन मानन्धर, ई सुरेश अर्याल र ई सरोज घिमिरेले प्रशिक्षण दिएका थिए भने ई मोहन शर्मा, ई स्मृती कोजु र ई सुश्मिता महर्जनले प्रशिक्षण सहयोगीको भूमिका निभाएका थिए ।
त्यसैगरी २०८१ वैशाख १० गतेबाट नगरकोट स्थित खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा संचालित प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी प्राइमाभेराको उच्चस्तरीय तालिममा २९ जनाको सहभागिता रहेको थियो ।
आवासीय रूपमा संचालित दुवै तालिमहरूको संयुक्त समापन नगरकोटस्थित खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा भएको थियो । समापन समारोहको प्रमुख आतिथ्यता निर्माण व्यवसाय महासंघका वरिष्ठ उपाध्यक्ष ई ए डी लामाले गरेका थिए । त्यसैगरी विशिष्ट अतिथिको रूपमा सो कार्यक्रममा निर्माण व्यवसाय विकास प्रबर्द्धन केन्द्रका प्रमुख भीमार्जुन अधिकारीको उपस्थिति थियो । सो कार्यक्रममा खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रका प्रमुख ई डा. रजित ओझाको समेत उपस्थिति थियो । स्काएफ नेपालका अध्यक्ष ई ठाकुर प्रसाद शर्माको अध्यक्षतामा सो समारोह सम्पन्न भएको थियो ।
स्काएफ नेपालका महासचिव तथा तालिम निर्देशक ई कमल कार्कीको संयोजनमा दुवै तालिमहरू संचालन भएका थिए । तालिमको स्वागत मन्तव्यको क्रममा तालिम संचालन गर्न तीन संस्थाहरूले खुलेर गरेको सहयोग प्रति कृतज्ञता जाहेर गर्दै पुल डिजाइन गर्ने क्रममा परिवर्तनको संवाहकको रूपमा सिकाइको साथसाथै अनुभवबाट नै परिवर्तनका लागि पहलकदमी लिने प्रस्थान विन्दुको रुपमा यो तालिम बन्न सक्ने कुरामा आफू विश्वस्त रहेको कुरा औंल्याउनुका साथै प्रशिक्षार्थीहरूको निरन्तर सहयोग रहने विश्वास भएको जनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार