सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १२:५२:१
२१ चैत, बरहथवा 'सर्लाही' । सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका–४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख अनिलराज गिरीको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटना शङ्कास्पद देखिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा वृद्धाको हत्या भएको शङ्का लागेकाले अनुसन्धानका लागि एक युवकलाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
मृतक वृद्धाको अनुहारमा चोट देखिएको र नजिकै रगत लागेको अवस्थामा काठको टुक्रा पनि बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले सिसी क्यामेराका आधारमा अनुसन्धान गर्दा अन्दाजी २८÷३० वर्षका युवक पक्राउ परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
अनुसन्धान नसकिएकाले युवकको परिचय गोप्य राखिएको प्रहरीले जनाएको हो । वृद्धाको शव शव परीक्षणका लागि जिल्लास्थित प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
पोखरामा पर्यटकहरूलाई दुःख दिने पाँच जना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
चन्द्रपुरमा मोटरसाइकल चोरको बिगबिगी
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार