यस वर्ष विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १३:२७:३९
२१ चैत, नारायणगढ 'चितवन' । हरेक वर्ष चैते दशैँको अवसर परेर लाग्ने विक्रमबाबा मेलाको व्यवस्थापन यस वर्ष भरतपुर महानगरपालिकाले गर्ने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र राप्ती किनारामा लाग्ने मेलाको यसअघि स्थानीय सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गर्दै आएकामा यस वर्षदेखि महानगरले व्यवस्थापन गर्ने भएको हो ।
मेला व्यवस्थापनका लागि महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा सात सदस्यीय पूजा व्यवस्थापन मूल समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय, महानगर–२३, चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि रहेका भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए । उनका अनुसार समितिको सदस्यसचिवमा महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल रहेका छन् । मेला व्यवस्थापन तयारीका लागि वडाध्यक्ष दवाडीको संयोजकत्वमा कार्यसमिति समेत गठन गरिएको उनले बताए ।
कार्यसमितिले मूल समितिअन्तर्गत रहेर पार्किङ व्यवस्थापन, मेलामा राखिने स्टल व्यवस्थापन, खानेपानी, शौचालय, वनभोज स्टल र फोहोर व्यवस्थापनलगायत काम गर्ने वडाध्यक्ष दवाडीले जानकारी दिए । राष्ट्रिय निकुञ्जभित्र हुने पूजा व्यवस्थापनका लागि पूजा समन्वय समिति गठन भएको छ । निकुञ्जको नेतृत्वमा महानगरका प्रतिनिधि रहने गरी समिति गठन गरिएको भन्दै समितिले पूजा कार्यविधिअनुसार काम गर्ने उनको भनाइ छ ।
मेला हुने समयमा स्थानीय जग्गाधनीले स्टल राख्नका लागि हातको हिसाबले एक हातको रु तीन देखि १५ हजारसम्म लिने गरेको जनगुनासो बढेपछि यस वर्ष महानगरले मेलाको कामलाई अघि बढाएको वडाध्यक्ष दवाडीको भनाइ छ । उनको नेतृत्वमा बनेको कार्यसमितिले स्टल राख्दा जग्गाको मूल्यसमेत निर्धारण गर्ने जनाइएको छ ।
वडाध्यक्ष दवाडीले भने, “मेला व्यवस्थापन र यहाँको महङ्गी नियन्त्रणका लागि महानगरले चासो देखाएको छ । यसपालिको मेला पहिलेको भन्दा निकै व्यवस्थित हुने विश्वास लिएका छौँ ।” यही चैत २६ गतेदेखि आगामी वैशाख ११ गतेसम्म चितवन राष्ट्रिय निकुञ्जको कसराभित्र रूखहरुको फेदमा थान बनाएर बिक्रमबाबाको पूजा गरिन्छ भने भरतपुर–२३ मा पर्ने केरुङ्गा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बिक्रमबाबा मेला लाग्ने गर्दछ ।
मूल समितिका संयोजक एवं महानगरका उपप्रमुख अधिकारीले मेलामा देखिएका अस्तव्यस्ततालाई नियन्त्रण गर्न महानगरले काम अघि बढाएको बताए । उनका अनुसार यहाँ पूजा गर्नाले मनोकामना पूरा हुने, सन्तान सुख तथा समृद्धि प्राप्त हुने विश्वास रहिआएको छ । विशेषगरी, थारू समुदायले मनाउँदै आएको यो मेलामा पछिल्ला वर्षहरुमा अन्य समुदायले पनि उत्तिकै आस्थाका साथ सहभागिता जनाउँदै आएका उपप्रमुख अधिकारीको भनाइ छ । उनले भने, “पूजा गर्न आउने भक्तजनदेखि मेला भर्न आउने दर्शकसम्मलाई सुरक्षित महसुस हुने गरी महानगरले काम गरिरहेको छ ।”
यस वर्ष करिब छ लाख ५० हजार भक्तजनले विक्रमबाबाको दर्शन गर्ने अनुमान गरिएको उपप्रमुख अधिकारीले जानकारी दिए । एसइई परीक्षा सकिने र नेपाली नयाँ वर्ष हुने भएकाले भक्तजनको सङ्ख्या बढ्ने अनुमान गरिएको उनले बताए । गत वर्षहरुमा पाँच लाख हाराहारीमा भक्तजन पूजा गर्न आउने गरेका थिए । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई यस मेलाले सहयोग पुग्ने अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
सिरहाका १३ पालिका दमकल विहीन
बैशाख १६, २०८१ आइतबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार