चुनढुङ्गा उत्खननमा कीर्ते सिफारिस गर्नेलाई कारबाही गर्न प्रहरीमा उजुरी
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १३:३७:०
२१ चैत, अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले चुनढुङ्गा उत्खननका लागि नगरपालिकाको कीर्ते सिफारिस बनाउने व्यक्तिलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ ।
वडा नं ९ ढिकुराको सान्डेभामा रहेको चुनढुङ्गा उत्खननका लागि नगरपालिकाको कीर्ते सिफारिस बनाएर खानी विभागबाट अनुमति प्राप्त गरेको जनाउँदै कीर्ते सिफारिस बनाउनेलाई कारबाहीको माग गर्दै नगरपालिकाका तर्फबाट नगरप्रमुख झविलाल थापाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी प्रमुख प्रतितसिंह राठौरले बताए ।
कपिलवस्तुको कृष्णनगरस्थित विजया सिमेन्ट्स प्रालिले गत फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुङ्गा उत्खननको अनुमतिपत्र पाएको थियो । नगरपालिकाको कार्यालयले गत मङ्सिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशयपत्र पठाएको देखिएको छ ।
गत मंसिर ५ गते नगरपालिकाको लेटरप्याडमा नगरप्रमुख थापाको हस्ताक्षरसहितको पत्र विभागलाई गएको छ । उक्त पत्र नगरपालिकाबाट नलेखिएको प्रमुख थापाको भनाइ छ । नगरपालिकाको लेटरप्याड, छाप र हस्ताक्षर चोरी गरेर चुनढुङ्गाको उत्खनन अनुमति लिइएको उनको आरोप छ । मंसिर ५ गते नगरपालिकाको लेटरप्याडमा नगरप्रमुख थापाको हस्ताक्षरसहितको पत्र विभागमा रहेको छ ।
खानी तथा भूगर्भ विभागलाई नगरपालिकाले सिफारिस गरी पठाएको पत्रमा चलानी नं पाँच सय ८५ छ । नगरपालिकाको चलानी किताबमा पाँच सय ८५ नंमा सङ्घीय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई पठाएको पत्र छ । आफूहरुले खानी उत्खनन गर्न अनुमति दिनेगरी पत्र नपठाएको उनको भनाइ छ । विसं २०७९ भदौको १७ गते र असोजको १४ गते नगर कार्यपालिका बैठकले चुनढुङ्गा उत्खनन गर्न नदिने निर्णय गरेको थियो ।
कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्स प्रालिले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुङ्गा उत्खननको अनुमतिपत्र पाएको थियो । विजया सिमेन्ट्स प्रालिले भने आफूहरु कानुनी बाटोमा जाने बताएको छ । पालिकाभित्रको त्रुटिलाई आफ्नो कम्पनीमाथि थुपारिदिएको कम्पनीका प्रतिनिधि नवाफ अलीले बताए । पत्र सक्कली हो या नक्कली नगरपालिकाले जान्ने कुरा भएको जनाउँदै उनले आफू पनि कानुनी बाटोमा जाने बताए ।
विजया सिमेन्ट प्रालिले प्राप्त गरेको चुनढुङ्गा उत्खननको अनुमतिपत्र पूर्णरुपले खारेज गरी यस कार्यालयलाई जानकारी उपलब्ध गराउन भनी यस कार्यालयबाट खानी तथा भूगर्भ विभागलाई पत्राचार गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यले बताउनुभयो । यसमाथि छानबिन भइरहेको प्रमुख प्रशासकीय अधिकृत आचार्यको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
सिरहाका १३ पालिका दमकल विहीन
बैशाख १६, २०८१ आइतबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
घट्यो डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धनको बढ्यो
बैशाख १८, २०८१ मंगलबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने
बैशाख १९, २०८१ बुधबार
दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु
बैशाख १९, २०८१ बुधबार
भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा चन्द्रागिरि नगरपालिका अवलोकन
बैशाख १९, २०८१ बुधबार
वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो
बैशाख १९, २०८१ बुधबार