महानायक राजेश हमालले संचालन गर्ने सफलताको कथा नयाँ बर्षमा प्रशारणमा आउने
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १२:३१:१६
२५ चैत, काठमाडाैं । महानायक राजेश हमालले संचालन गर्ने टेलिभिजन शो 'सफलताको कथा' नयाँ बर्षको अवसर पारेर वैशाख १ गतेबाट नेपाल टेलिभिजन र डिजिटल ओएसआर रियालिटी मार्फत प्रशारणमा आउने भएको छ। आज राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो।
समृद्धि ईन्टरटेन्टमेन्टले निर्माण गरेको कार्यक्रम हाल १९ भाग सम्म तयार गरिएको र सय भाग सम्मको निर्माण गर्ने लक्ष्य रहेको कार्यक्रमका निर्माता तथा निर्देशक सुमन अधिकारीले बताए।
कर्मठ हातको कथा,रगत पसिनाको कथा कार्यक्रम 'सफलताको कथा' को १८ भाग अमेरिकामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्व र क्यानाडामा रहेका एक व्यक्तित्वको गरि १९ भाग तयार गरिएको छ। कार्यक्रम बैशाख १ गतेबाट नेपाल टेलिभिजनमा साँझ ७ बजे प्रशारण हुनेछ। अमेरिकामा र क्यानाडामा रहनु भएका सफल व्यक्तित्वहरुकाे कथालाई यसरी कार्यक्रम गर्न पाउँदा खुसी लागेको सुमनले बताए।
कार्यक्रममा बोल्दै महानायक हमालले भने 'विदेशमा रहेर धेरै चुनौती सहेर संघर्षको बाबजुत पनि सफलता हासिल गर्नु भएको छ उहाँहरुले उल्लेख्य सफलता हासिल गर्नु भएको छ, अमेरिकी समाजमा अब्बल रहनु भएको छ । यो कार्यक्रममा उहाँहरुको मेहनत र सफलताको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।'
बिदेशमा रहेर भोग्नु भएको कथा बाहिर ल्याउनु पर्छ त्यो सबैको लागि प्रेरणा हुन्छ । पहिलो जेनेरेसन जो बिदेश पुग्नु भएको छ, उहाँहरुको कथाले धेरैलाई प्रेरणा पुगोस भन्ने उदेश्यले यो कार्यक्रमको निर्माण गरिएको हमालले बताए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका कलाकार मदनकृष्ण श्रेष्ठले बोल्ने क्रममा भने विदेशमा गएर सफल हुनु भएको धेरै भेटेको छु । सफल हुनको लागि गर्नु भएको संघर्षका कुरा धेरैलाई देखाउने हुनाले यो कार्यक्रम महत्त्वपूर्ण हुनेछ ।
कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, गोरेटो कन्सल्टेन्सीका निर्देशक धिरज कंडेल,कलाकार जितु नेपालले मन्तब्य राखेका थिए। कार्यक्रम निर्माणको लागी गोरेटो कन्सल्टेन्सी र ट्रेक मि नेपालले विशेष सहयोग गरेको छ। कार्यक्रममा ज(जसको अन्तर्वार्ता समेटिएको छ उनीहरुलाई सम्मान पनि गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरियालिटी शो 'द स्पिकिङ्ग टाइटन'को घोषणा, खुल्यो डिजिटल अडिसन
बैशाख २६, २०८१ बुधबार
‘पूजार सार्की’को ट्रेलर सार्वजनिक
बैशाख २५, २०८१ मंगलबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अनसन बस्छुः केसी
बैशाख २९, २०८१ शनिबार
जर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
एचआईभी संक्रमितलाई मासिक भत्ता वितरण
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
बैशाख ३०, २०८१ आइतबार
अभिशाप बन्यो खडीखानीको सपना !
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रपति र प्रधानमन्त्रीबीच नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा छलफल
बैशाख ३०, २०८१ आइतबार
सिंहदरवारमा सभामुख र दलका नेताबीच छलफल
बैशाख ३०, २०८१ आइतबार