एसईई दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १३:५२:६
२५ चैत, कञ्चनपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई कल्की फाउण्डेसनले निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने व्यवस्था मिलाएको छ ।
शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्रका गरिब तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका विद्यार्थीलाई फाउण्डेसनले तालिम दिन लागेको हो । नगरपालिकाका १२ वटै वडाका ६० विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिने गरी कार्य अगाडि बढाइएको फाउण्डेसनका सचिव महेशप्रसाद भट्टले बताए ।
“नगरपालिकाका सबै वडा कार्यालयमार्फत निःशुल्क कम्प्युटर कक्षामा सहभागी हुने विद्यार्थीले आवेदन दिन सक्ने गरी व्यवस्था गरेका छौँ”, उनले भने, “आवेदन सङ्कलनको कार्य सकिएपछि तालिमका लागि विद्यार्थीको छनोटको कार्य गर्छौँ ।”
कम्प्युटर शिक्षा वर्तमान समयमा अनिवार्य जस्तै भएकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पहुँच पुर्याउन निःशुल्क तालिमको व्यवस्था मिलाइएको फाउण्डेसनका सदस्य विवेक ओझाले बताए । “हरेक क्षेत्रमा कम्प्युटर बिना काम छैन”, उनले भने, “विपन्न परिवारका बालबालिकालाई कम्प्युटरबारे साक्षर बनाउनका लागि आधारभूत तालिम दिइन लागेको छ ।”
विद्यार्थीको पायक पर्ने क्षेत्रमै कम्प्युटर तालिम दिने संस्थासँग सम्झौता गरी सिक्ने वातावरण तयार पारिने फाउण्डेशनका उपाध्यक्ष दीपा जोशीले बताए । “तालिममा नगरपालिका क्षेत्रका १२ वटै वडाका विपन्न परिवारका विद्यार्थीलाई समेटेका छौँ”, उनले भने, “आधारभूत कम्प्युटर तालिम पश्चात आवश्यकता आधारमा डिप्लोमा कोर्षका लागि पनि तालिम सञ्चालन गरी सेवा दिने योजना छ ।” तालिम सञ्चालनका लागि लाग्ने रु पाँच लाख बढी रकम फाउण्डेसनका संस्थागत सदस्यले व्यहोर्ने भएका छन् ।
तालिम सञ्चालनका लागि आवेदन दिने अन्तिम मिति वैशाख १२ गतेसम्मका लागि तोकिएको छ । निःशुल्क कम्प्युटर कक्षामा सहभागिताका लागि आवेदनसँगै वडा कार्यालयको सिफारिसपत्र र एसईई परीक्षाको प्रवेश पत्र अनिवार्य रुपमा विद्यार्थीले पेश गर्नुपर्ने छ । फाउण्डेशनले विगत तीन वर्षदेखि धार्मिक तथा सामाजिक क्षेत्रमा मानविय कार्य गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
बैशाख २५, २०८१ मंगलबार
तातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
सुहाङले आज सांसद पदको शपथ लिँदै
बैशाख २६, २०८१ बुधबार
केन्द्रीय कार्यकारिणीको बैठकपछि अदालत जाँदै जसपा नेपाल
बैशाख २६, २०८१ बुधबार
राजस्थानमाथि दिल्ली २० रनले विजयी
बैशाख २६, २०८१ बुधबार
वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ
बैशाख २६, २०८१ बुधबार
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार