मनाङेले गण्डकीमा पाँचौ पटक मन्त्री बनेर रेकर्ड बनाए
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १४:२९:४२
२५ चैत, पोखरा । गण्डकी प्रदेशमा एकीकृत समाजवादी त्यागेर स्वतन्त्र हैसियत बनाएका राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीमा रेकर्ड बनाएका छन् । उनी सहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले आजै मनाङेलाई मन्त्री बनाएका हुन् । यो पटक समेत गरी मनाङे पाँचौ पटक मन्त्री भएका छन् । संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका अधिकारीले ३ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
अधिकारीले माओवादीबाट १ जना र दीपक मनाङेलाई मन्त्री बनाएका हुन् । मुख्यमन्त्रीको शपथसँगै अन्य २ जनालाई विना विभागीय मन्त्री नियुक्त गरेको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए । माओवादीले नाम टुंगो लगाउन छलफल गरिरहेको छ ।
मनाङेले महिना दिनमै दोस्रो पटक मन्त्रीको शपथ खाएका छन् । एमाले–माओवादीको बहुमत पुग्न नदिने रणनीतिका साथ एकीकृत समाजवादीबाट स्वतन्त्र भएका मनाङेलाई यही चैत ५ गते निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।
दोस्रो कार्यकालका लागि मनाङबाट स्वतन्त्र चुनाव जितेका मनाङे गण्डकीमा पाँचौ पटक मन्त्री हुँदैछन् । प्रदेशमा सत्ताको जोडघटाउमा चतुर देखिएका मनाङे अघिल्लो कार्यकालमा ३ पटक खेलकुद मन्त्री बनेका थिए भने अहिले दोस्रो पटक मन्त्री हुन लागेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार