३१ वर्षिया युवतीले एमाले नेता महेश बस्नेतविरुद्ध दिइन बलात्कार र भ्रूण हत्या सम्बन्धी जाहेरी, अनुसन्धान सुरु
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १७:५२:३९
२५ चैत, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध एक जना ३१ वर्षिया युवतीले प्रहरीमा जाहेरी दिएकी छन् । बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । उनले हुलाकमार्फत पठाएको जाहेरी मुलुकी अपराध संहिता–२०७४ अनुसार प्रहरीमा दर्ता भएको हो । जाहेरी दर्ता भएसँगै बस्नेतलाई प्रहरीले सोधपुछ गरेको जनाएको छ । पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी थिइन ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एमाले संगठनमै रहेका ३१ वर्षीय ति युवतीले बस्नेतलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । पीडितको जाहेरी दर्ता भएको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन् ।
बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ । उनीमाथि २ महिना १५ दिनको गर्भ हत्या गरेको आरोप लगाइएको छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५० किलो गाँजासहित ४ जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार