शान्तिपूर्ण रूपमा बिस्काः मनाउन सद्भाव र्याली
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १०:४०:३
२७ चैत, भक्तपुर । तान्त्रिक विधिबाट भक्तपुरमा आठ रात, नौ दिन मनाइने बिस्काः जात्रा शान्तिपूर्ण ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव र्याली आयोजना गरिएको छ ।
भक्तपुरमा आजदेखि सुरु हुने बिस्का जात्रालाई ढुङ्गा हानाहान नगरी शान्तिपूर्ण रूपमा भव्यसँग मनाउने सन्देश प्रवाह गर्दै दत्तात्रयबाट सुरु भएको र्याली पाँचतले मन्दिर प्राङ्गण तौमढीमा पुगेर सद्भाव सभामा परिणत भएको थियो ।
‘बिस्केट जात्रा शान्तिपूर्ण रूपमा मनाऔँ’ नारा लगाउँदै भएको र्यालीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न विद्यालय एवं क्याम्पसका विद्यार्थी, नेपाल स्काउट, स्थानीय क्लब, सहकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि थिए ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बिस्काः जात्रा भक्तपुरको गौरव हो भन्दै जात्राबारे सबैलाई जानकारी दिन स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुरका ९२ वटै विद्यालयमा यसको पढाइ भइरहेको बताए ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बिस्का जात्रा भक्तपुरवासी एवं नेपालकै पहिचान भएकाले यसलाई शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्नु आवश्यक भएको बताए । गुठी संस्थान भक्तपुरका प्रमुख खिमा वलीले जात्राको आवश्यक तयारी सबै पूरा गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाई आर्थिक समस्याले हैरान हुनुहुन्छ ? शनिदेवको आशीर्वाद पाउन अपनाउनुहोस् यी उपाय
बैशाख २३, २०८१ आइतबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
ज्योतिष शास्त्रमा शनिदेवलाई श्रमको कारक किन मानिन्छ ?
बैशाख १९, २०८१ बुधबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार