लगातारको प्रयास असफल भएपछि सभामुखले स्थगित गरे आजको संसद बैठक
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १४:३०:२८
२७ चैत, काठमाडौं । हिजोदेखि लगातार संसद खुलाउने विषयमा प्रयास गर्दै आएका सभामुख देवराज घिमिरेले दुवै पक्ष सहमतिमा नआएपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित गरेका छन् । अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ ।
मंगलबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठक सभामुख र प्रमुख दलका शीर्ष नेताहरू बीचको छलफलका कारण ढिला गरी बसेको थियो । संसद् बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो ।
त्यसपछि सभामुखले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगन गरेका थिए । तर, सहमति हुन सकेन र बुधबार बस्ने गरी बैठक स्थगन गरियो । सहकारीको रकम ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार