तनहुँमा विद्यालयको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट मैदान बनाइने
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १५:१८:२९
२७ चैत, दमौली तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपतिस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट मैदान बनाइने भएको छ । प्रदेश सरकारको यही चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुक्लागण्डकीमा प्रदेशस्तरीय क्रिकेट मैदान बनाउने निर्णय गरेको हो ।
त्यसका लागि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमार्फत रु ४० लाख बजेट विनियोजन भएको पत्र नगरपालिकालाई प्राप्त भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।
पण्डितले भने, “मन्त्रिपरिषद्ले निर्णय गरेबमोजिम रु ४० लाख बजेट विनियोजन भएको औपचारिक पत्र नगरपालिकालाई आएको छ, क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी गर्न तयार रहेका छौँ ।” नगरपालिकाले उक्त मैदानलाई नगर रङ्गशालाको अवधारणाअनुसार आर्थिक वर्ष २०८०-८१ को नगरसभाबाट रु ८० लाख बजेट विनियोजन गरेको पण्डितले बताए ।
प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले क्रिकेट खेलमैदान निर्माणका लागि सम्झौता गर्न आउन नगरपालिकालाई परिपत्र गरेको छ । आगामी वैशाख १५ गतेभित्र आर्थिक वर्ष २०८०-८१ को नगरसभाबाट रु ८० लाख विनियोजन भएको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष २०८१÷८२ मा सो खेलमैदानका लागि नगरसभाबाट बजेट सुनिश्चितता गरिने प्रतिबद्धतापत्र, खेलमैदानको विस्तृत स्वीकृत लागत अनुमान, नक्साको प्रतिलिपिसहित सम्झौताका लागि आग्रह गरिएको मन्त्रालयका उपसचिव प्रकाश देवकोटाले जानकारी दिए ।
शुक्लागण्डकीमा प्रदेशस्तरीय क्रिकेट खेलमैदान निर्माण हुनु सकारात्मक रहेको तनहुँ क्रिकेट संघका अध्यक्ष मदन तिमिल्सिनाले बताए । जिल्लामा क्रिकेट खेलतर्फ आकर्षण भए पनि पूर्वाधार नहुँदा समस्या भइरहेको उहाँको भनाइ छ ।
उनले भने, “जिल्लामा क्रिकेटका गतिविधि बिस्तारै बढ्दैछन्, यसतर्फ खेलाडी आकर्षित भइरहेका छन् तर मैदान नहुँदा प्रतियोगिता गर्न समस्या भइरहेको छ ।” राम्रो खेलमैदान निर्माण गर्न सकिए क्रिकेटको विकासमा टेवा पुग्ने उनको भनाइ छ । क्रिकेट खेलतर्फ आकर्षण बढे पनि जिल्लामा क्रिकेटको पूर्वाधार नहुँदा खेलाडी निराश छन् । खेलमैदान नहुँदा खेलाडीले खेल प्रस्फुटन गर्ने अवसर नपाएको क्रिकेटप्रेमी कविराज श्रेष्ठको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
बैशाख २४, २०८१ सोमबार
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार