कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेलले गरे दाबी पेस
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १७:४६:२
२७ चैत, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले दाबी पेस गरेका छन् । माओवादी केन्द्रसहितका दलको समर्थनमा उनले मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै चैत २१ मा प्रदेश प्रमुख परिवारले बुधबारसम्मको समय दिएर बहुमतको सरकार गठन गर्न आह्वान गरेका थिए । सोही समयभित्र गठबन्धनको नयाँ सरकार बनाउनका लागि दाबी पेस भएको हो । यसअघि कर्णालीको मुख्यमन्त्रीमा पार्टीकै निरन्तरता हुनुपर्ने भन्दै केही नेताले अडान लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था
माघ १४, २०८१ सोमबार
सुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला
माघ १७, २०८१ बिहिबार
बागमतीलाई पराजित संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
माघ १७, २०८१ बिहिबार
कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते
माघ १७, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार