अर्घाखाँचीमा कार दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १२:२२:३४
२८ चैत, अर्घाखाँची । अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएको छ। भने, ७ जना घाइते भएका छन् ।अर्घाखाँची हुँदै कास्की जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ कोलडाँडामा दुर्घटना भएको थियो। दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका-८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ।
घाइते हुनेमा भूमिकास्थान-८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उनकी छोरी इभान्सी क्षेत्री, पोखरा-१२ की ३० वर्षीया सविता अधिकारी, सोही ठाउँकी १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार