सशस्त्रको कार्यदलका कमाण्डरको मनोमानी, आईजीपीलाई रिपोर्ट गर्न छाडे
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार १२:०:२०
२९ चैत, काठमाडौं । सशस्त्र प्रहरीको कार्यदल कमाण्ड गरिरहेका एसपी समिक महर्जनको कमाण्ड इतिहासमै फितलो देखिएको भन्दै मुख्यालयमा आलोचना शुरु भएको छ । कार्यदलभित्र करिब ७ सय फौज रहेको तर भ्याली कमाण्डको बेला कोही पनि बाहिर ननिकालेको कारण उनको कमाण्डमाथि प्रश्न उठाइएको हो । ‘भ्यालीमा राप्रपाको आन्दोलन भयो, भ्यालीमा रहेका फौजले मात्र धान्ने अवस्था थिएन, कार्यदलबाट केहीलाई बाहिर निकाल्नुपर्ने अवस्था थियो, तर जनशक्ति छैन’, सशस्त्र प्रहरी मुख्यालयका एक डीआईजीले भने ।
कार्यदललाई सशस्त्र प्रहरीको मुटुको फौजका रुपमा मानिएको हुन्छ । त्यहीबाट भ्यालीलाई आवश्यक परेको अवस्थामा थप मद्दत खटाउने गरिन्छ । तर भ्यालीमा आवश्यक परेको बेला मद्दती फौज दिन नसकेको, इन्टेलीजेन्स ब्यूरोलाई आवश्यक परेको बेला खटाउन नसकेको जस्ता गुनासा मुख्यालयमा सुनिएका छन् । कार्यदलले सिधै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई रिपोर्टिङ गर्नुपर्ने हुन्छ ।
तर उनले केही समयदेखि अर्याललाई समेत रिपोर्टिङ नगरी मनोमानी गरेको स्रोतको दावी छ । ‘ आईजीपी अर्यालले विश्वास गर्दै आएकोमा उनले विश्वासघात गरेका छन्, खासगरी कार्यदलमा रहेका सशस्त्र प्रहरीलाई उनले बिदा छाडेका कारण भ्यालीलाई थप मद्दत दिन नसकेको र इन्टेलिजेन्स ब्यूरोले मागेको बेला पनि प्रहरी निरीक्षकको टोली समेत खटाउन नसकेका हुन, यस बारेमा आईजीपीलाई जानकारी छैन’, स्रोतले भन्यो ‘यो विषयमा फौजभित्र गम्भीर छलफल हुनेछ, कारवाही समेत गर्ने अवस्था हुन्छ ।’
स्रोतका अनुसार करिब ७ सय फौजमा २ सय महिला रहेका छन् । महिलालाई त्यहाँ राती डिउटीमा राखिएको हुँदैन । उनीहरुलाई कार्यदल बाहिर बस्ने र उतै खाने सुविधा छ । त्यसैगरी परिवार भएका कतिपय जुनियर अधिकृतहरू पनि मेसमा खाना खादैनन् । उनीहरू पनि परिवारसँगै बाहिर कोठा लिएर बसेका छन् । त्यहाँ रहने भनेको मुस्किलले ४ सय फौज देखिन्छ, त्यसमा पनि १ सय ५० जति दैनिक विदामा रहेका हुन्छन् । त्यहाँको फौजले सशस्त्र प्रहरी मुख्यालयको सुरक्षादेखि उपत्यकामा रहेका अन्य फौजलाई मद्दत गर्नुपर्ने हुन्छ । उनको कमाण्ड रहेको सो फौज अहिले भने मुश्किलले मुख्यालयको मात्रै सुरक्षामा केन्द्रीत रहेको छ ।
कार्यदलमा रहने एसपी सधैं आइजीपीको सहयोगी बन्नु पर्ने हुन्छ । विगतमा कार्यदलमा रहेका एसपीले आईजीपीलाई सहयोग गरेको र आईजीपीको कार्यक्रम बनाउने, योजना बनाउने तथा त्यसलाई लागु गर्न खटिएका हुन्थे । तत्कालीन आईजीपी शैलेन्द्र खनालको समयमा कार्यदल सम्हालेका हालका एक एसएसपीले मुख्यालयको सबै प्यारा मिटरको मात्र होइन, उपत्यकामा समेत आईजीपीलाई गुनासो नआउने गरी काम गरेका थिए । तर अहिलेका एसपी महर्जनले भने कुनै पनि कमाण्ड भ्याली बाहिर गरेका छैनन् ।
उनलाई केही समय अघि झापा सरुवा गरिएको थियो तर उनले त्यहाँ नजाने भन्दै अटेर उनै अटेरी एसपीलाई आईजीपी मातहत रहेको कार्यदलको प्रमुख बनाइएको स्रोतले बतायो । अहिले पनि त्यहाँ एपीएफ क्लबका खेलाडीहरू राखिएको छ । देशभरका बाहिनीहरुबाट आएका खेलाडीलाई त्यही कार्यदलमा राखिएको छ । आईजीपी कप खेल्न आएका उनीहरू वैशाख ३ गते मात्रै विदा हुन्छन् । उनीहरू चैत २४ गते आएका हुन् । उनीहरू बाहेक एपीएफ क्लबका खेलाडीहरूलाई पनि त्यही राखिएकाले उनीहरुलाई पनि वाहिनीपति कप समेत खेलाइएको थियो ।
स्रोतका अनुसार उनले त्यहाँ बसेर त्यति मात्र बदमासी गरेका छैनन्, खासगरी घर विदामा छाड्ने उनीहरुको रासनको पैसा आफ्नो नाममा राख्न लगाएका छन् । अर्को तर्फ कार्यदलको मेसमा खाना नखाने जुनियर अधिकृतहरूले पनि आधा रकम उनलाई बुझाउनु पर्ने बाध्यकारी बनाइएको छ । ‘हामी बाहिर खान्छौ, हाम्रो रासन वापतको रकम ५५ सय आउँछ, त्यसमा आधा कार्यदलको एकाउण्टमा बुझाउनुपर्छ’, एक महिला प्रहरी कर्मचारीले भनिन । उनका अनुसार अहिले पनि घर विदा जाने र कार्यदल बाहिर बस्नेको ठूलो संख्या रहेको छ । तर पनि प्रहरी महानिरीक्षकको सचिवालयले समेत त्यसलाई वेवास्ता गरेको देखिन्छ ।
सशस्त्र प्रहरी बलका आईजीपीलाई यतिबेला सरकारले राजश्व कम उठ्यो भन्दै दबाब दिइरहेका बेला उनी देशभर सशस्त्र प्रहरी कार्यालयको निरीक्षणमा निस्कँदा एसपी महर्जनलाई हाइसञ्चो हुने गरेको पनि कार्यदलका एक अधिकारीले भने । ‘ केही महिनादेखि आईजीपी धेरै समय काठमाडौं बाहिर रहने गरेको तथा काठमाडौं आए पनि भेटघाटको अवसर निकै कम हुने गरेको छ, जसले गर्दा उनले रिपोर्टिङ नगरेको पनि दुई महिना बढी भयो, जब कि कार्यदलको एसपीले दिन दिनै रिपोर्टिङ गर्नुपर्ने हुन्छ’, कार्यदलमा कार्यरत एक प्रहरी निरीक्षकले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
डोल्पाको तापिरिचा विद्यालय
बैशाख २१, २०८१ शुक्रबार