कोनकाकाफ च्याम्पियन्स कपबाट बाहिरियो इन्टर मियामी
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार १०:४४:२१
२९ चैत, काठमाडौं । इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कपबाट बाहिरिएको छ । बिहिबार बिहान सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा मोन्टेररेयसँग ३-१ गोल अन्तरले पराजित हुँदै समग्रमा ५-२ ले हार बेहोर्दै इन्टर मियामी प्रतियोगिताबाट बाहिरिएको हो ।
यस खेलमा मोन्टेररेयका लागि ब्राण्डन भाज्क्वेज, जर्मन बेरटेरामे र जिसस गालार्ड़ोले एक एक गोल गरेका थिए भने इन्टर मियामीका लागि डिएगो गोमेजले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ७८औं मिनेटमा जोर्डी अल्बाले रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो । यस अघि सम्पन्न पहिलो लिगमा इन्टर मियामी २-१ गोलले पराजित भएको थियो । यो जितपछि मोन्टेररेय प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ र सेमिफाइनलमा कोलम्बस क्रुको सामना गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार