मकवानपुरमा धुलो दूधको परीक्षण उत्पादन सुरु
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार १२:१०:३१
२९ चैत, मकवानपुर । बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौँडाले केही दिनअघिदेखि धुलो दूधको परीक्षण उत्पादन सुरु गरेको छ । बागमती प्रदेश सरकारको रू ५० करोड ५८ लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीस्थित दूधको प्लान्ट र भवनको हालै निर्माण सम्पन्न गरिएको बागमती प्रदेश कृषि विकास तथा पशुपक्षी मन्त्रालय हेटौँडाले जनाएको छ ।
प्रदेश दूध विकास बोर्डले नियमित दूध प्लान्ट सञ्चालन गरिरहेको अवस्थामा मकवानपुर र चितवनका किसानहरूबाट दैनिक ६० हजार लिटर दूध सङ्कलन गरी धुलो दूध उत्पादन गर्ने लक्ष्यसहित उद्योग स्थापना गरिएको बोर्डका प्रवक्ता डा. मन्दीप पोखरेलले बताए । उनका अनुसार अहिले दैनिक २५ देखि ३० हजार लिटर दूध सङ्कलन गरी धुलो दूध र बटरको उत्पादन गर्ने गरिएको छ ।
दूध प्लान्टलाई केही हप्ताभित्रै नियमित सञ्चालनमा ल्याउने अधिकार बोर्डलाई प्रत्यायोजित भएपछि मात्र उक्त प्लान्टबाट उत्पादन गरिएका धुलो दूध र बटर विदेश तथा स्वदेशका विभिन्न सहरमा आपूर्ति गरिने प्रवक्ता डा. पोखरेलले जानकारी दिए । उनका अनुसार योसँगै बोर्डले दैनिक करिब छ सय मेट्रि«क टन धुलो दूध र बटर उत्पादन गर्ने लक्ष्य राखेको छ ।
बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर प्रदेश दुग्ध विकास बोर्डलाई थप अधिकार प्रत्यायोजित नगरेसम्म बोर्डले थप निर्णय र दूध प्लान्टलाई नियमित सञ्चालन गर्न नसक्ने उनको भनाइ छ । साथै अहिले उत्पादित धुलो दूध र बटरलाई बजारको व्यवस्थापन गर्नसमेत कठिनाइ उत्पन्न भइरहेको बोर्डका कार्यकारी निर्देशक प्रतिज्ञा ज्ञवालीले बताए ।
उनले अब केही हप्ताभित्रै नियमित धुलो दूध उत्पादन गर्ने कार्यतालिका बनाई उत्पादित दूध र बटर काठमाडाैं, भरतपुर, पोखरा, भैरहवा तथा विराटनगरलगायत विभिन्न सहरमा आपूर्ति गर्ने तयारी गरिएको जानकारी दिए । हेटौँडामा सञ्चालित दूध प्लान्ट नियमित सञ्चालन हुँदा प्रशासन, लेखा प्राविधिक, मजदुर गरी ६० जनाले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गर्ने बोर्ड कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
श्रमिक दिवसका दिन श्रम मन्त्रालयले घोषणा गर्यो श्रमदान अभियान
बैशाख १९, २०८१ बुधबार
इन्डोनेसियाको पिटी पिएलएन नुसन्तराले नेपालमा ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध नेपाल ६ विकेटले विजयी
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार