सामाजिक सद्भाव बिथोल्नेलाई कानुनी कारवाही गर्न मुस्लिम समाज पर्साको माग
आबिद हुसेन
चैत ३०, २०८० शुक्रबार १८:२०:२
३० चैत, वीरगञ्ज । नेपाली मुस्लिम समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । मुस्लिम धर्मावलम्बीमाथि आक्रमण गर्ने खालका खबर सम्प्रेषण गरेकोमा आपत्ती जनाउँदै मुस्लिम समाज पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसााललाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाली मुस्लिम समुदायले सामाजिक हित, राष्ट्रहित, लोकतन्त्र र परिवर्तनका लागि खेलेको भूमिकालाई नजरअन्दाज गर्दै सरकारले पनि मुस्लिमसँग सौतेलो व्यवहार गरेको ज्ञापन पत्र बुझाउन गएका मुस्लिम अगुवा जफर अंसारीले बताए ।
रोजाको अवसरमा सामाजिक सञ्जालमा आपत्तीजनक कुराहरु लेखेर मुस्लिम समुदायलाई आँच आउने काम गरेकोमा ज्ञापन पत्रमार्फत आपत्ती जनाउँदै उनीहरुले कारवाहीको लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
२८ चैतमा सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको ज्ञापन पत्रमा उल्लेख छ । ‘संविधानको भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको उल्लंघन भएको छ ।
प्रत्येक नेपालीले वर्तमान संविधानलाई हृदयले मानेको अवस्थामा कमलनारायण दास संविधानको खिलाफ जानुभएको छ’, ज्ञापन पत्रमा लेखिएको छ । निजको समाचारले वर्तमान नेपाली समाजमा कलह र अशान्तीको वातावरण सृजना गरेको सञ्चारकर्मी आविद हुसैनले बताए ।
मुस्लिम समुदायका ईश्वरिय दुत पैगम्बर मुहमद स।को चरित्र हत्या गर्ने व्यक्तिउपर आवश्यक कारवाही गर्न उनले गृहमन्त्रीसँग माग गरेका छन् । साथै मुस्लिम समुदायको संवैधानिक जिउज्यानको सुरक्षा गर्न, तथा मस्जिद, मदर्सा लगायतका धार्मिक स्थलको सुरक्षा गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
शान्तीपूर्वक बाँच्न पाउने तथा आस्था अनुसारको कार्य गर्ने वातावरणको सृजना गरिदिन पनि माग गरिएको छ । ज्ञापन पत्र बुझाउनका लागि जफर अंसारी, आबिद हुसेन, मेहबुब अलि, रेयाज अहमद, शेष मन्सुर, अनवर हुसेन, अब्बास मंसुरी लगायत उल्लेख्यको उपस्थिती रहेको थियो ।
यसै विषयमा मुस्लिम आयोगको पनि ध्यानाकर्षण भएको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै कमलनारायण दासको नामबाट भएको पोस्टप्रति आपत्ती जनाएका छन् ।
मुस्लिम समुदायको पवित्र रमजान महिनामा पर्ने रोजालाई इंगित गर्दै मुस्लिम समुदाय, ईस्लाम धर्म र ईस्लाम धर्मका प्रवर्तक समेतलाई अनादर र अपमानित गर्ने नियतले झुठा र भ्रामक तथा कपोकल्पित कुराहरु पोस्ट गरी धार्मिक र सामाजिक सद्भाव बिथोलेको आयोगको विज्ञप्तीमा उल्लेख छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खल्बल्याउनेलाई कानुनी कारवाही गर्न पनि विज्ञप्तीमार्फत माग गरिएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार