क्युबाकाे लागि जासुसी गर्ने हाइप्रोफाइल अमेरिकन कुटनीतिज्ञलाई १५ वर्ष जेल सजाय
नेपालबहस संवाददाता
बैशाख १, २०८१ शनिबार ८:५६:५५
१ वैशाख, काठमाडौं । क्युबाका लागि जासुसी गर्ने एक अमेरिकन कुटनीतिज्ञलाई १५ बर्षको जेल सजाय सुनाइएको छ ।
बोलिभियाका लागि पूर्व अमेरिकी राजदूतको रूपमा सेवा गरेका एक पूर्व कुटनीतिज्ञलाई क्युबाको एजेन्टको रूपमा काम गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको हो ।
अमेरिकन सञ्चारमाध्यमका अनुसार ७३ वर्षीय भिक्टर म्यानुअल रोचाले ४० वर्षभन्दा बढी समयसम्म गोप्य रूपमा क्युवाली सरकारलाई जानकारी दिएको पुष्टि भएको जनाएका छन ।
गत फेब्रुअरीमा रोचाले मियामी अदालतमा आफू दोषी नभएको भन्दै दिएको निवेदनमा परिवर्तन गरेर आरोप स्विकार गरेका छन् । शुक्रबार जेलको लुगा लगाएका रोचाले मियामीको संघीय अदालतमा अन्ततः भने, ‘म दोषी हुँ।’
जासुसी मुद्दामा जेल सजाय भोगेको यो घटना अमेरिका र क्युबाबीच अहिलेसम्मकै उच्च प्रोफाइल हो। समाचार अनुसार १५ बर्षको जेल सजायको अतिरिक्त रोचाले ५० हजार अमेरिकन डलर पनि जरिवाना पनि तिर्नु पर्नेछ ।
अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रोचाको अपराधलाई ‘विदेशी एजेन्टद्वारा अमेरिकी सरकारको सबैभन्दा उच्च पहुँच र लामो समयसम्म चल्ने घुसपैठहरू मध्ये एक’ भनेर उल्लेख गरेका छन ।
कोलम्बियामा जन्मेका हार्वर्ड शिक्षित रोचाले २०१९ र २०२२ का बीच बोलिभियाका लागि अमेरिकी राजदूतको रूपमा सेवा गरेका थिए । साथै, अर्जेन्टिना, होन्डुरस, मेक्सिको र डोमिनिकन रिपब्लिकमा अन्य विभिन्न कूटनीतिक पोस्टिङमा पनि काम गरेका थिए । साथै, राष्ट्रिय सुरक्षा परिषदसहित अन्य सरकारी भूमिकाहरूमा पनि काम गरेका थिए ।
आफ्नो कूटनीतिक सेवा समाप्त भएपछि रोचाले कम्युनिष्ट क्युबा लगायत सम्पूर्ण ल्याटिन अमेरिका र क्यारिबियनको निरीक्षण गर्ने अमेरिकी सेनाको दक्षिणी कमाण्डको सल्लाहकारको रूपमा सेवा गरेको अनुभव पनि उनीसँग रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा
बैशाख २१, २०८१ शुक्रबार
मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा गर्ने
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार