विभागीय डर्बीमा एपिएफ विरुद्ध जीत निकाल्दै पुलिस फाइनलमा
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार ९:४६:३४
♦ सुरुचि भण्डारी
२२ बैशाख, काठमाडौं । बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम सेमीफाइनलमा नेपाल एपिएफ क्लब विरुद्ध ३–२ को जित निकाल्दै नेपाल पुलीस क्लब फाइनलमा प्रवेश गरेको छ ।
शनिबार राती सिमरा रङ्गशालामा भएका विभागीय डर्बीमा पुलीसले शूरुवाती अग्रता बनाएको थियो । खेलको पहिलो मिनटमै एपिएफविरुद्ध अग्रता बनाएको थियो । एपिएफको टिम सम्हालिन नपाउँदै खेल शुरु भएको ४७ सेकेण्डमै पुलिसका आशिष राइले गोल गरेका थिए । उज्वल राइको क्रसमा पेनाल्टी बक्स भित्रबाट आशिष राईको प्रहार गोलमा परिणत भएको थियो ।
खेलको २० औं मिनटमा एपिएफ २–० ले पछि प¥यो । रामचन्द्र वाजेको गोल मार्फत पुलिसले एपिएफ विरुद्ध फराकिलो अग्रता बनाएको थियो । उज्वल राईको क्रस बल सम्हाल्दै रामचन्द्र वाजेले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए ।
महत्वपूर्ण खेलमा २–० ले पछि परेपनि एपिएफका खेलाडी उच्च मनोबलका साथ मैदानमा देखिन्थे ।
निकै आकर्षक खेल प्रस्तुत गरेको एपिएफका लागि खेलको ४२ औं मिनटमा प्रदिप लामाले गोल गर्दै २–१ को स्थितीमा ल्याए । बुद्धिमान राईको पासलाई पेनाल्टी बक्समा सम्हाल्दै प्रदिपले गोल गरेका थिए ।
खेलको ६१ औं मिनटमा युवराज खड्काको गोल मार्फत एपिएफ खेलमा फर्कियो । प्रशिक्षक सुमन श्रेष्ठले युवराजलाई खेलको ३१ औं मिनटमा महेश लामाको स्थानमा मैदान प्रवेश गराएका थिए । युवराजले अनिश महर्जनको पासमा वन भर्सेस वनको स्थितीको सदुपयोग गर्दै एपिएफलाई खेलमा फर्काएका थिए ।
२–० ले पछि परेको अवस्थामा खेलमा फर्कन सफल भएको एपिएफविरुद्ध पुलिसका सुजन मगरले पुनः अग्रता दिलाउन सफल भए । खेलको ८८ औं मिनटमा सुजनले एपिएफका गोलरक्षक बिट गर्दै गोल गर्न सफल भए । पृथ्बी चौधरीको पासमा सुजनको पहिलो प्रहार एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाउको प्रयास गरेका थिए तर रिबाउण्ड बल खोस्दै सुजनले सुन्दर गोल गरे ।
खेलको अन्तिम इन्जुरी समयमा एपिएफ १० खेलाडीमा सिमित भयो । अन्तिम समयमा ३–२ को अवस्थामा परेपछि दबाबमा देखिएको एपिएफका विश्वास उदासले पुलिसका खेलाडीसंग विवाद गर्न थालेपछि रेफ्री उमेश विंडारीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
दोश्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका लागि अर्को ‘ए’ डिभीजन क्लब मच्छिन्द्रसंग सोमबार प्रतिष्पर्धा गर्नेछ । पुलिस ९ बर्ष अघि प्रतियोगिताको छैठौं संस्करणको फाइनलमा अर्को विभागीय टोलि आर्मीसंग पराजित भएको थियो ।
खेलको म्यान अफ दि म्याच पुलिसका रामचन्द्र वाजे घोषित भए । उनले शुभारम्भ कलेज सिमराले प्रायोजन गरेको १० हजार नगद र ट्रफि प्राप्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै
बैशाख २५, २०८१ मंगलबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
म्यानचेस्टर सिटीको वोल्भ्समाथि फराकिलो जित
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
सुहाङले आज सांसद पदको शपथ लिँदै
बैशाख २६, २०८१ बुधबार
केन्द्रीय कार्यकारिणीको बैठकपछि अदालत जाँदै जसपा नेपाल
बैशाख २६, २०८१ बुधबार
राजस्थानमाथि दिल्ली २० रनले विजयी
बैशाख २६, २०८१ बुधबार
वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ
बैशाख २६, २०८१ बुधबार
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार