सुदूरपश्चिममा कांग्रेसले नाउपाको रेशम पक्षलाई समर्थन गर्ने
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार ११:५४:२१
३ वैशाख, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बिहान बसेको संसदीय दलको बैठकले नाउपाका मुख्यमन्त्रीका उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले नाउपाका लक्षमण किशोरलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार कांग्रेसले यसअघि कुनै पनि दललाई समर्थन नगर्ने निर्णय लिएको थियो । कांग्रेस–नेकपा एकीकृत समाजवादीको समर्थनमा लक्ष्मणकिशोरले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।
नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेको छ । कैलाशले पनि आइतबार नै एमाले–माओवादी र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । एउटै पार्टीबाट दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँ राजनीतिक परामर्शमा लागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
रसुवाबाट दुई केजी सुनसहित एक जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार