सामान जाँचपास गर्दा स्क्यानिङ गर्ने मेसिन बिग्रेपछि अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट हुने निर्यात ठप्प
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार १५:१६:२४
३ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मेसिन नभएको भन्दै कार्गो व्यवसायीले सामान निकासी गर्न बन्द गरेका छन् । एक्स–रे मेसिन बिग्रेको डेढ महिना बित्दा पनि मर्मत नगरेपछि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट तेस्रो मुलुकमा हुने नेपाली बस्तुको निर्यात व्यापार आजदेखि ठप्प भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा प्रयोग हुने सो मेसिन बिग्रिएको डेढ महिनाभन्दा बढी हुँदा पनि नबनाइएको भन्दै उनीहरूले आइतबारदेखि सामानको निकासी बन्द गरेका हुन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा भेला भई व्यवसायीले आफूहरूको काम बन्द गरेको बताए । नेपाल पारवहन तथा गोदाम लिमिटेडले एक्सरे मेसिनको सञ्चालन गर्दै आएको र बिग्रिएको डेढ महिना हुँदा पनि नबनाइएको उनीहरूले उल्लेख गरे ।
सम्झौताअनुसार एक्स–रे मेसिन मर्मत नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले गर्नुपर्छ । बिग्रेको लामो समय बित्दा पनि भन्सार हातामा जडान गरिएको उक्त मेसिन मर्मत नगर्दा समस्या भएको हो । कर्मचारकिा अनुसार मेसिन मर्मतका लागि आवश्यक सामाग्री अहिलेको बजार मुल्य अनुसार करिब २७ लाख पर्छ । नागरिक उड्ययन प्राधिकरण र गोदाम व्यवस्थापन कम्पनीबीचको सम्झौताअनुसार विमानस्थलमा सामान गोदाम गरेवापत बार्षिक करिब ३३ देखि ३४ करोड संकलन गर्दै आएको छ ।
सम्झौता अनुसार मेसिन मर्मतको जिम्मेवारी गोदाम व्यवस्थापन कम्पनीको हो । गोदामको एक्स–रे मर्मत गर्न दबाब दिने उद्देश्यले व्यवसायीकोसमेत समर्थनमा मजदुर युनियनले सोमबार कामै नगरी निर्यात ठप्प बनाएका छन् । भरपर्दो मेसिनले एक्स–रे नगरिएका बस्तु अन्तर्राष्ट्रिय उडानले नबोक्ने नीति छ । दुई मध्ये एउटा मेसिन सञ्चालन हुँदा एकै दिन हुने काम दुई दिन लाग्ने र निर्यात सामाग्रीको ओसार–पसारमासमेत असहज हुने गुनासो कार्गो व्यवसायी र मजदुरले गर्दै आएका छन् ।
निर्यात सहज नभएपछि विमानस्थलको गोदाममा ५० टन भन्दा बढी सामान थुप्रिएको छ । निर्यातकर्ताले पारवहनलाई प्रति केजी ७ रुपैयाँ तिर्ने गरेका छन् । नेपालबाट मुख्यतः कार्पेट, गार्मेन्ट, हेयाण्डी क्राफ्टलगायतका बस्तु निर्यात हुने गरेको छ । जति अनुरोध गरेपनि मेसिन मर्मत नगरेपछि हामी बाध्य भएर निर्यात ठप्प बनाउने अवस्थामा पुगेका हौं, बाग्मती प्रदेश ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष खेम सुवेदीले भने । मेसिन नहुँदा गोदाममा काम गर्ने मजदुरहरुले भौतिक रुपमा निकै असुविधा भोगेको भन्दै सुवेदीले एउटा मेसिनले सामान स्क्यान गरेरै नभ्याउने बताए ।
उक्त मेसिन पनि बिग्रेर भन्सारको एक्स–रेबाट झिकेर मर्मत गरिएको छ । उक्त मर्मतका लागि भन्सारबाट सापटी ल्याएर मर्मत गरिएको थियो । अब त्यो मेसिन पनि बिग्रियो भने के गर्ने त्यसको व्यवस्थापनसमेत नभएको भन्सार अधिकरीहरु बताउँछन् । अहिले तीन निकाय, पारवहन गोदाम, भन्सार र सिभिल एभिएसन एकले अर्कोलाई आरोप देखाएर बसिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्युरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र
बैशाख २१, २०८१ शुक्रबार
बुधबारदेखि ठोरी छोटी भन्सार पुनः सञ्चालनमा
बैशाख २०, २०८१ बिहिबार
बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार