रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार ११:२:५५
४ वैशाख, काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ । साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितीले दुई खेलको प्रतिबन्ध लगाएको हो ।
सो खेलमा रोनाल्डोले अल हिलालका खेलाडीलाई धक्का दिएर लडाएपछि रातो कार्ड पाएका थिए । साथै रेफ्रीले रातो कार्ड दिएपछि रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
दुई खेलको प्रतिबन्धपछि रोनाल्डोले अल नासरका अप्रिल १९ मा अल फेइहा र अप्रिल २७ को अल खालेजविरुद्धको महत्वपूर्ण खेल गुमाउने भएका छन् ।
रोनाल्डोको यस सिजनमा उत्कृष्ट प्रदर्शन रहेपनि अल नासर भने ट्रफी विहीन बन्ने भएको छ । साउदी लिगमा अल हिलालसँग १२ अंकले पछाडी रहेको अल नासर एशियन च्याम्पियन्स लिगमा पनि बाहिरिएको छ ।
रोनाल्डो अब अल नासरका लागि मे १ मा अल खालीजविरुद्ध किंग कपको सेमिफाइनलमा खेल्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार