हुवावेलाई बेलायत सरकारले दियो ५जीको सीमित सहमति
इन्द्र रिजाल
बैशाख ११, २०७६ बुधबार २०:२३:२८
लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनको विवादास्पद दूरसञ्चार प्रविधि कम्पनी हुवावेलाई पाँचौं पुस्ताको दूरसञ्चार सेवा निर्माण गर्न अनुमति दिएको छ ।
बेलायती अखबार डेली टेलिग्राफका अनुसार प्रधानमन्त्री मेले मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु र अमेरिकाबाट सुरक्षा खतरा देखाइए पनि त्यसलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले हुवावेको सेवा लिन मन्जुरी दिएको हो । ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय सुरक्षा परिषदको बैठकले चिनियाँ कम्पनीलाई एन्टेनाजस्ता सहायक पूर्वाधारहरु निर्माण गर्न सीमित अनुमति दिएको टेलिग्राफले जनाएको छ ।
प्रधानमन्त्रीको प्रस्तावमाथि गृहमन्त्री साजिद जाभिद, विदेशमन्त्री जेरेमी हन्ट, रक्षामन्त्री ग्याभिन विलियम्सन, अन्तर्राष्ट्रिय व्यापारमन्त्री लियाम फक्स र अन्तर्राष्ट्रिय विकासमन्त्री पेन्नी मोर्डन्टले चासो देखाएका थिए ।
संयुक्तराज्य अमेरिकाले हुवावेको ५जी प्रविधिलाई अमेरिकामा प्रतिबन्ध लगाएको छ । अमेरिकाले आफ्ना गठबन्धनका मुलुकहरु अस्ट्रेलिया, बेलायत, क्यानाडा र न्यूजील्यान्डलाई पनि हुवावेको दूरसञ्चार सेवा नलिन निरन्तर दबाब दिँदै आएको छ ।
युरोपका अर्थतन्त्र खासगरी ऊर्जा, यातायात, बैंकिङ र स्वास्थ्य सेवाका तथ्याङ्कीय विवरणहरु हुवावेमार्फत तिब्र गतिको इन्टरनेटबाट चीनले लैजाने अमेरिकी भनाई छ । हुवावेले अमेरिकी आरोपको लगातार खण्डन गरिरहेको छ तर अझै विश्वासको वातावरण बन्न सकेको छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जाडो छल्न आएका चखेवा
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार