सभापति देउवा र अध्यक्ष नेपाल भेटघाटमा वैकल्पिक गठबन्धनको चर्चा
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार ११:४२:५४
६ वैशाख, काठमाडौं । संविधान संशोधनको विषयमा कांग्रेस–एमालेका नेताहरूबीच कुराकानी भइरहेको बेला वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवा बीच गोप्य भेटघाट भएको छ । सत्तामा आएको दरार र प्रदेश मुख्यमन्त्रीमा नेकपा एसलाई वेवास्ता गर्न थालेपछि एसका अध्यक्ष नेपालले कांग्रेस सभापति देउवासँग गोप्य भेटघाट गरेका हुन् ।
बुधबार साँझ अबेर बाँसबारी स्थित एक कांग्रेस नेताको घर उनीहरूबीच भेटघाट भएको स्रोतले जनाएको छ । उनीहरूबीच वैकल्पिक शक्ति निर्माण गर्ने र अर्को सरकार बनाउनेसम्मको कुराकानी भएको स्रोतको दावी छ । देउवा–नेपाल भेटघाटले अहिलेको सत्ता गठबन्धन धरमरमा पर्छ कि पर्दैन भन्ने बारेमा राजनीतिक जोडघटाउ पनि शुरु भएको छ । यद्यपि यो विषयले मूर्तरुप लिन पाएको छैन ।
एमाले र माओवादीले धोका दिएको महसुस गरेका माधव नेपाललाई कांग्रेससँग पनि त्यति सहज छैन । पहिला कोशी प्रदेशबाट शुरु भएको गठबन्धन भित्रको विवाद अहिले सुदुरपश्चिममा पुगेको छ । सुदुरपश्चिममा नेपाली कांग्रेसले नाउपाका लक्ष्मण चौधरीलाई समर्थन गरेको थियो । तर अहिले नेकपा एसका दीर्घ सोडारी मुख्यमन्त्री हुने अवस्थामा नेपाली कांग्रेसको समेत मत पाउनका लागि माधव नेपालले देउवालाई साथ लिन खोजेको पनि देखिन्छ ।
सत्ता गठबन्धनमा खटपट हुँदा वैकल्पिक गठबन्धनको कुरा उठिरहेका बेला दुई नेताको भेटघाट भएपछि यो विषयले अलि बढी नै चर्चा पाएको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्ष लक्ष्मणकिशोर चौधरीलाई साथ दिएर एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई चुनौती दिएको थियो ।
स्रोतका अनुसार देउवा र नेपालबीच सुदूरपश्चिम प्रदेश सरकार निर्माण र वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भएको छ । बुधबार मात्रै सचिवालय बैठकबाट अहिलेको सरकारप्रति एस पार्टीले असन्तुष्टि व्यक्त गरेको थियो । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका दीर्घ सोडारीलाई नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । यसअघि मंगलबार नेकपा एकीकृत समाजवादी संसदीय दल सुदूरपश्चिमले पनि सोडारीलाई नै मुख्यमन्त्री बनाउने गरी निर्णय गरेको थियो ।
यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टीका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर, दुवैको दाबी खारेज गर्दै प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को ९२० अनुसार अर्को दाबी पेस गर्न साँझ ५ बजेसम्म समय दिएका छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा यसअघि काँग्रेसको समर्थनमा मुख्यमन्त्री दाबी गरेका नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण चौधरीले आफू पनि मुख्यमन्त्रीकै दौडमा रहेको जिकिर गरेका छन् ।
दश दिनको समयमा भएको दाबी अस्वीकार गरेर प्रदेश प्रमुखले दुई दिनको समय थपेपछि लक्ष्मण आक्रोशित बनेका छन । यसअघि एकीकृत समाजवादीले पनि समर्थन दिइसकेकाले अव विश्वासको मत लिने बेलामा मात्र ब्याक हुन पाउने उनको तर्क छ ।
नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा सोडारी अघि सार्दा एमालेले भने अझै त्यस विषयमा ठोस निर्णय गरेको छैन । स्रोतका अनुसार एमाले नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार छ । तर, मुख्यमन्त्रीमा सोडारीबाहेकलाई अघि सार्नुपर्ने उसले शर्त राखेको थियो । एमालेको यो प्रस्तावलाई समेत वेवास्ता गरेका माधव नेपालले शेरबहादुर देउवासँग गोप्य भेटघाट गरेका हुन् । नेपाललाई यसअघि देउवाले प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्रीको प्रस्ताव गरेपछि पनि नेपालले त्यसलाई अस्वीकार गरेका थिए । एकीकृत समाजवादीले साथ छोड्दा मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा केन्द्रीय गठबन्धन बाहिरबाट सरकार बन्ने परिस्थिति छ । एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिए जनता समाजवादी पार्टी पनि बाहिरिन सक्ने कांग्रेसको बुझाइ छ ।
वैकल्पिक शक्तिको धम्की दिए पनि तत्कालको अंक गणित भने वर्तमान सरकारकै पक्षमा देखिन्छ । खासगरी नेपाली कांग्रेससहितको गठबन्धन बनेमा अहिलेको संसदको गणित यति अप्ठेरो पर्ने आँकलन मात्रै गरिएको छ । तथ्यमा भने एमाले र माओवादी मध्ये एउटा दल बाहिर नआई गठबन्धनमा दरार उत्पन्न हुने अवस्था छैन । तर नेपालको राजनीतिमा जतिबेला पनि जस्तो पनि नयाँ समीकरण बन्न वा भत्किन सक्छ ।
अहिलेको सत्ता गठबन्धनमा ३२ सिटको माओवादी केन्द्र, ७८ सिटको नेकपा एमाले, २१ सिटको रास्वपा, १२ सिटको जसपा, १० सिटको नेकपा एस र चार सिटको नाउपा छन् । यसरी सत्ता गठबन्धनसँग अहिले १५७ सिट छ । यसमध्येको नेकपा एस बाहिरिँदा अहिलेको गठबन्धन १४७ सिटमा झर्छ ।
त्यसमा पनि नाउपामा विवाद छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अहिलेको गठबन्धनमा छिन् भने संरक्षक रेशम चौधरी विपक्षमा छन् । यसरी हेर्दा नाउपाले पनि अनुकूलतामा यो गठबन्धन छोड्न सक्ने सम्भावना छ । यसपछि प्रचण्ड सरकारको समर्थनमा १४३ सिट बाँकी रहन्छ । यसो हुँदा गठबन्धनमा रहेको जसपा बाहिर आएमा भने संकट उत्पन्न हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अधिवेशनसम्म नपुग्दै फेल खायो संसदीय क्यालेण्डर
बैशाख १९, २०८१ बुधबार
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादकत्व बढाउनुपर्छ : राष्ट्रपति पौडेल
बैशाख १९, २०८१ बुधबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
नेपालले पाँचौं विकेट गुमायो
बैशाख १९, २०८१ बुधबार
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !
बैशाख १९, २०८१ बुधबार
नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट
बैशाख १९, २०८१ बुधबार
दिवसको प्रवाह नगरी कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’
बैशाख १९, २०८१ बुधबार
नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट
बैशाख १९, २०८१ बुधबार
राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार