एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार ११:५८:३८
६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आवश्यक परे सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दीर्घ सोडारीलाई सघाउने भएको छ । सोडारीको विषयमा नेकपा एमालेले साथ नदिने अवस्था आएपछि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहयोग गर्न आग्रह गरेका थिए ।
सभापति देउवाले कांग्रेसले सोडारीलाई आवश्यक परे सहयोग गर्ने बचन दिएको कांग्रेसका एक नेताले नेपालबहसलाई जानकारी दिए । सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भएको भेटवार्तामा यस्तो सहमति भएको हो ।
नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपाल बीच बुधबार बेलुका भेटवार्ता भएको हो । साँझ ६ बजेदेखि करिब डेढ घण्टा दुई नेता बीच संवाद भएको जानकारी गराएको छ । छलफल मुख्य गरी सुदूरपश्चिम सरकारका बारेमा केन्द्रित थियो ।
सत्ता गठबन्धनमा सुदुरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय भएको छ । एकीकृत समाजवादीले प्रदेशका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । सोडारीको पक्षमा भने एमाले देखिएको छैन । मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार