एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १६:२:४६
६ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन गरेको छ । बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका हुन् । अब सोडारी दावी पेश गर्ने तयारीमा जुटेका छन् ।
यसअघि विकल्प खोज्न भनेको एमालेले सरकारकाे दावी गर्ने अन्तिम समयमा समर्थन गर्ने भएपछि सोडारीले एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीका रन्जिता पक्षका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गरेका छन् । एमालेले सोडारीलाई समर्थन नगरेमा कांग्रेसको समर्थन लिएर मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारीमा सोडारी रहेका थिए ।
सोडारीले एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपा रन्जिता पक्षका २ र एक स्वतन्त्र सांसद गरि २८ सांसदको समर्थनमा सरकार दावी गर्दैछन् । प्रदेश प्रमुखले सरकार दावी गर्न दिएको दुई दिनको समय आज साँझ ५ बजे सकिँदैछ । प्रदेश प्रमुखले दिएको समयको अन्तिमतिर एमालेले समर्थन दिएपछि सोडारी मुख्यमन्त्रीमा दावी पेश गर्न जाने तयारीमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार