इजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार ११:४२:१९
७ वैशाख, एजेन्सी । इजरायलले इरानमाथि जवाफी आक्रमण सुरु गरेको छ । इजरायली सेनाले शुक्रबार बिहान इरानमा आक्रमण गरेको हो । इजरायली रक्षा अधिकारीहरूका अनुसार पाँच दिन अघि इजरायलमा इरानले गरेको आक्रमणको सैन्य प्रतिक्रियाका रुपमा इजरायलले पनि जवाफी आक्रमण गरेको हो ।
इरानी अधिकारीहरूले शुक्रबार बिहान मध्य इरानको इस्फाहान सहर नजिकैको सैन्य हवाई अड्डामा आक्रमण भएको पुष्टि गरेका छन् । तर कुन देशले आक्रमण गरेको हो भनेर उनीहरूले बताएका छैनन् । इस्लामिक रिभोलुसनरी गार्ड्स कोपर्ससँग सम्बद्ध इरानी समाचार एजेन्सी फार्स न्यूजले इस्फाहानको नागरिक विमानस्थल नजिकै विस्फोटको आवाज सुनिएको र विस्फोटको कारण तत्काल स्पष्ट नभएको बताएको छ ।
गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो । त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा हवाइ हमला गरेको थियो ।
त्यसपछि रुष्ट इजरायलले इरानमाथि आक्रमण सुरु गरेको हो । इजरायल र इरानबीच बढ्दो तनावले विश्वभर तरंग सिर्जना भएको छ ।
इजरायली सेनाले भने यस आक्रमणबारे कुनैपनि टिप्पणी गर्न अस्वीकार गरेको छ । इरानले इजरायलमा गत साता तीन सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गरेको थियो । अप्रिल १ मा सिरियामा रहेको इरानी कूटनीतिक परिसरमा इजरायली हमलाका कारण सात जना इरानी अधिकारीहरू मारिएका थिए ।
केही दिनदेखि इजरायली नेताहरूले इरानको हमलाको जवाफ दिने धम्की दिएका थिए । जसले दुई देशको वर्षौं लामो अप्रत्यक्ष युद्धलाई प्रत्यक्ष टकरावमा परिणत गरेको थियो ।
इरानका सेना प्रमुख, मेजर जनरल अब्दोलरहिम मौसावीले बुधबार इरानले कुनै पनि इजरायली आक्रमणको जवाफ दिने बताएका थिए । राष्ट्रपति बिडेनले इजरायललाई प्रतिक्रिया नगर्न सल्लाह दिएका थिए । इजरायली जवाफी हमलाले युद्ध चर्किने डर पैदा भएको छ । ६ महिनाभन्दा बढी समयदेखि इजरायलले गाजामा हमास र लेबनानमा हिजबुल्लाहविरुद्ध दुई अन्य मोर्चामा लडिरहेको छ। दुवै इरानका सहयोगी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार