भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १२:५१:३४
७ वैशाख, काँक्रेविहार । भेरी कोरिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ (पुल) अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमलाई जोड्न महत्वपूर्ण मानिएको भेरी नदीको बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ ।
बेलिब्रिज निर्माणका लागि आवश्यकपर्ने पाता सबै जडान भइरहेको आयोजनाका प्रमुख सुनील रञ्जितकारले बताए । पुलको बेस प्लेट जडानको काम भोलिदेखि सुरु हुने उनले जानकारी दिए । जेठ मसान्तभित्र पुल निर्माण गरिसक्ने योजनाका साथ काम भइरहेको उनको भनाइ छ ।
पुलका सबै पाता यति बिल्र्डसले जडान गरेको छ भने बेस प्लेटदेखि ढलान, पालको काम बुद्धिबहादुर खत्रीले गर्ने सहमतिअनुसार काम भइरहेको प्रमुख रञ्जितकारले बताए ।
जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको अनाहबीचमा पर्ने उक्त पुल लामो समयदेखि अलपत्र परेकामा नयाँ कार्यालय प्रमुख आएसँगै निर्माणले तीव्रता पाएको हो । रु तीन करोड ८१ लाखको लागतमा बेलिब्रिजको काम भइरहेको छ । बेलिब्रिज हिम सगरमाथा–खड्का कृष्ण जेभीले विसं २०७८ पुसमा जिम्मा लिएको थियो । एक वर्षभित्र निर्माण सक्ने भन्दै काम सुरु गरिएको उक्त पुल अहिलेसम्म पूरा हुन सकेको छैन ।
आयोजना कार्यालयको प्रमुख बदलिरहने तथा निर्माण व्यवसायीलाई काम गर्न ताकेता नगर्दा पुल निर्माण अलपत्र पर्दै आएको थियो । हालका प्रमुख रञ्जितकारले आफू कार्यक्षेत्रमा खटिएर निर्माणलाई तीव्रता दिन दबाब दिएपछि अहिले करिब ९० प्रतिशत काम पूरा भएको छ । तीन जिल्लाको लाइफलाइनका साथै भारत, नेपाल र चीन जोड्ने त्रिदेशीय सडकको रुपमा पनि उक्त आयोजना महत्वपूर्ण मानिएको छ ।
एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा खण्डभित्रको ५६ किमी सडकमा अहिले काम भइरहेको आयोजना प्रमुख रञ्जितकारले जानकारी दिए । ठेक्का लिएर काम नगर्ने क्याराभानलाई समेत तत्काल काममा फर्कन दबाब दिइएको उनको भनाइ छ ।
रञ्जितकारका अनुसार अहिले ५६ किमी खण्डमा कामले तीव्रता पाएको छ भने बाँकी ६२ किमीमा सडक फराकिलो बनाउने र स्तरोन्नतिको काम सुरु गर्न थालिएको छ । यो पुल निर्माण पछि जगदुल्ला जलविद्युत् आयोजना एक सय छ मेगावाट निर्माणमा समेत सहजता हुनेछ । जेठ मसान्तभित्र डोल्पामा बेलिब्रिज पुलमार्फत सिधा यातायात सेवा सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको आयोजना प्रमुख रञ्जितकारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार