स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १७:१०:३३
काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बीमाप्रति भ्रामक सूचना फैलिएको भन्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो ।
सूचनामा भनिएको छ, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरु प्रसारण गरेको पाइएको छ । यस्ता सूचना/विज्ञापनमा कुनै सत्यता नभएकाले यस प्रकारका सूचना र विज्ञापनमा नहेर्नुुहुनसमेत सम्पूर्ण सर्वसाधारणमा अनुरोध छ ।”
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सामाजिक सञ्जालमा आएका गलत तथा भ्रामक सूचना तथा विज्ञापन प्रसारण गर्नेलाई विद्यमान कानुनअनुसार सम्बन्धित निकायमार्फत कारबाही प्रक्रिया अघि बढाइ सकिएको जानकारी गराए । उनले सर्वसाधारणलाई पनि भ्रामक सामग्रीको प्रयोग नगरी जानकारीका लागि आधिकारिक निकायमा सम्पर्क गर्न अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार