डढेलोले तीन जिल्लाका सय बढी घरगोठ जले, चार घाइते
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार १०:१२:४०
९ वैशाख पाल्पा । सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलो निभाउने क्रममा पाल्पा र गुल्मीमा चार जना घाइते भएका छन् । शनिबार दिउँसोदेखि महाभारत क्षेत्रमा लागेको डढेलो निभाउने क्रममा उनीहरु घाइते भएका हुन् । वनमा लागेको डढेलो वस्तीमा पस्दा एक सयभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् ।
शुक्रबारदेखि सामुदायिक वनमा लागेको डढेलो शनिबार वस्तीमा फैलिएको थियो । गुल्मीमा २० घर २१ गोठ पूर्ण रूपमा ध्वस्त भएको र अर्घाखाँचीमा ४० घर र ४६ गोठ पूर्ण रूपमा नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र रावतलका अनुसार सितगंगा र भूमिका नगरपालिका तथा पानीनी र मालारानी गाउँपालिकाका दसवटा सामुदायिक वनम डढेलो सल्किएको थियो ।
ओगो निभाउँदा पाल्पाको रैनादेवी छहरा–१ सिद्धेश्वरका ५५ वर्षीय टोपबहादुर बुढा गम्भीर घाइते भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा रिफर गरिएको छ । माथागढी गाउँपालिका–४ झडेवा जामुनडाँडामा डढेलो निभाउने क्रममा ६५ वर्षीय पूर्णबहादुर कामु मगर घाइते भएको वडाध्यक्ष शंकर दर्लामीले जानकारी दिए । कामु मगरको अवस्था भने सामान्य रहेको छ ।
यस्तै गुल्मीमा डढेलो निभाउने क्रममा इस्मा गाउँपालिका–१ उजुङका १९ वर्षीय हिमाल राना र मुसीकोट नगरपालिका–७ का २१ वर्षीय प्रेम राना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते राना ट्याक्टर चालक हुन् भने मुसीकोटका राना एक्साभेटर चालक हुन् । उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालले पाल्पामा रिफर गरेको छ ।
प्रहरी निरीक्षक रावतले शुक्रबारदेखि रोल्पा, प्यूठान, अर्घाखाँची र गुल्मी लगाएका पहाडी जिल्लाहरुमा चलेको तीव्र हावाहुरीका कारण वन जंगलमा लागेको आगो बस्तिसम्म फैलिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलका अनुसार जिल्लाको मुसिकोट नगरपालिका, मदाने गाउँपालिका, रेसुङ्गा गाउँपालिका, धुर्कोट गाउँपालिका लगायत आठ वटा स्थानीय तहका विभिन्न स्थानमा डढेलो सल्किएर बस्तीमा पुगेको थियो ।
डडेलोमा परी ७५ वटा चौपाया मरेको एसपी राजन भुजलेले जानकारी दिए । त्यो आगलागीबाट एउटा ट्याक्टर पनि जलेर नष्ट भएको छ । पाल्पाकै बगनासकालीको चिर्तुङ्धारा, पोखराथोक क्षेत्र, रिब्दीकोटको कुसुमखोला, पालुङमैनादी, रिब्दीकोट जंगल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।
गुल्मीको इस्मा गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि ४५ बढी घरगोठ जलेको छ । यसैगरी अर्घाखाँचीको भूमिकास्थानमा लागेको डढेलो बस्तीमा पसेर २० बढी घरगोठ जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको ३ र ४, धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भीषण डढेलो लागेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । भीषण डढेलो बस्तीमा पसेपछि गाउँ नै सखाप पारेको छ । मानवीय क्षति नभए पनि पशुचौपाया मरेको, घरगोठ जलेको छ ।
अर्घाखाँचीकै पाणिनी गाउँपालिका–३ खुलैलेमा तीन घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–६ धुर जंगल, मुसिकोट नगरपालिका–९ अर्लाङकोटमा भएको डढेलोले तीन वटा घर र एउटा गोठ जलेर नष्ट भएका छन् । रुरुक्षेत्र गाउँपालिका–१ भट्कुवामा पाँच वटा घर गोठ पूर्णरुपमा जलेर नष्ट भएको वडाध्यक्ष रामलाल विकले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार