एघार करोडको लिफ्ट सिँचाइ योजना अलपत्र
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार १३:४६:५७
९ वैशाख, गोदावरी 'कैलाली' । कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा निर्माणाधीन लिफ्ट सिँचाइ योजना अलपत्र परेको छ । मोहन्याल गाउँपालिका र अल्ट्रा सोलार एण्ड स्टिल इञ्जिनीयरिङबीच २०७७ सालमा रु ११ करोडको लागतमा निर्माणको ठेक्का सम्झौता भएको सो योजना बजेट अभावका कारण अलपत्र परेको हो ।
सो योजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि बजेट अभावमा काम अघि बढ्न सकेको छैन् । लिफ्ट सिँचाइका लागि कर्णाली नदीको पानी तान्न राष्ट्रिय माध्यामिक विद्यालयको छतमा उपकरण जडान गरिएको गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउदले बताए ।
लिफ्ट सिँचाइ योजना अघि बढाउनका लागि बजेट अभाव भएको बताउँदै उनले गाउँपालिकाले जडान गरिएका उपकरणको भुक्तानी दिन नसकेपछि काम रोकिएको जानकारी दिए । गाउँपालिकाले बजेट अभाव हुँदा कम्पनीलाई सोलार, मोटर लगायतका सामग्रीको भुक्तानी दिन नसकेको उपाध्यक्ष साउदको भनाइ छ । गाउँपालिकाले कम्पनीलाई अझैँ रु चार करोड भुक्तानी दिन बाँकी रहेको जनाइएको छ ।
गाउँपालिकाले तीन वर्षअघि कर्णाली नदीको पानीले बाँझो जमिनमा सिँचाइका लागि लिफ्ट सिँचाइ योजना सुरु गरेको थियो । गाउँपालिकाका जनप्रतिनिधिले बजेटको जोहो गर्न नसक्दा आयोजना अलपत्र परेको मोहन्याल–६ का पूर्व वडाध्यक्ष टीकाराम भण्डारीले गुनासो गरे ।
गाउँपालिकाका आठ स्थानमा कर्णाली नदी, ठूलीगाड र बोटखोलाको पानी लिफ्टिङ गर्ने योजना रहेको छ । लिफ्ट गरेको पानीले पूर्व सोल्टा, रुइनीकोट, अजिङरे, राजीरेक्चा, रागा मलेखा, बिर्खेत, पण्डोनलगायत अन्य गाउँका जमिनमा सिँचाइको सुविधा उपलब्ध गराउने उद्देश्य रहेको जनाइएको छ ।
सोल्टा, रुइनीकोट, अजिङरे, राजीरेक्चा, रागा मलेखा, बिर्खेत, पण्डोनलगायत अन्य गाउँमा सिँचाइ नहुँदा आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । सो सिँचाइ योजना काम पूरा भए किसानलाई सहज हुने स्थानीय किसान हर्क साउदले बताए ।
सिँचाइ नभएकाले मोहन्याल–६ सोल्टाको अधिकांश जमिन बाँझो रहेको उनको भनाइ छ । उपाध्यक्ष साउदले पूर्व जनप्रतिनिधिले बजेटको सुनिश्चिता नगरेर ठेक्का गरेकाले समस्या भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतको कुश्माबजारमा खानेपानीको अभाव, लोडसेडिङ सुरु
बैशाख २०, २०८१ बिहिबार
कालीकोट सदरमुकाममा सधैँ खानेपानीको अभाव
बैशाख १८, २०८१ मंगलबार
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
बैशाख १७, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै
बैशाख २३, २०८१ आइतबार
जनकपुर–जयनगर रेलसेवा आजदेखि ३ दिनका लागि बन्द
बैशाख २३, २०८१ आइतबार
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरी आउन सक्ने
बैशाख २३, २०८१ आइतबार
जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै
बैशाख २३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार