कम्युनिष्टबीच सत्तागत सहकार्य हुने, पार्टीगत एकता नहुने
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार १६:४४:५०
१० वैशाख, काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकै स्वरमा र एउटै मञ्चबाट आफूहरुबीच सत्तागत सहकार्य हुने भएपनि पार्टीगत एकता भने नहुने बताएका छन् । उनीहरुले हतार गरेर कम्युनिष्ट एकताको पक्षमा आफू नभएको बताएका छन् ।
नेकपा एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले फेरी कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताए । प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जादा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताए । उनले अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा नभएको उल्लेख गरे ।
त्यति बेला समय भन्दा गाडी दौडिएछकी जस्तो लाग्छ । अहिले सहकार्य शुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊ । सहकार्य गर्दै जादा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ, उनले भने । यस्तै एमाले अध्यक्ष ओलीले पनि यसअघि भएको एकता बिभाजन हुदा ठुलो क्षति भएको र त्यो हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले अहिले सरकार संचालनमा सहकार्य भएको स्पष्ट गर्दै पार्टी एकता तत्काल नहुने समेत स्पष्ट गरेका छन् ।
उनले अहिले बामपन्थी मात्र मिलेर हिड्ने अवस्था नभएको भन्दै देशभक्त शक्तिहरु मिलेर राष्ट्रिय हितको पक्षमा रहेका शक्तिहरु मिलेर अगाडी बढ्नुपर्ने समय भएको बताए । ओलीले कम्युनिस्ट पार्टीहरूबीच वर्तमान अवस्थामा एकताभन्दा पनि सहकार्यको खाँचो भएको बताए । ओलीले अहिले कम्युनिस्ट पार्टीबीच एकता भन्यो भने विगतमा किन फुटेको भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्नसक्ने बताए ।
कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता गर्नु दीर्घकालीन नहुने ओलीको भनाइ थियो । ’अहिले तत्काल पार्टी एकीकरण भइहाल्छ, यो एउटा व्यक्तिगत तुष्टिको विषय हुनसक्छ । यसले फेरि आन्दोलनमा अरु प्रकारका समस्या पैदा गर्न सक्छन्, उनले भने, अहिले ठ्याक्कै वामपन्थी मात्रै मिलेर अगाडि बढ्ने अवस्था होइन ।’ ओलीले देशभक्त शक्तिहरू, राष्ट्रिय शक्तिको रूपमा जसले काम गर्न मन्जुर गर्छ त्यस्ता शक्तिहरू, देशको पक्षमा, सार्वभौम सत्ताको पक्षमा, देशको स्वाधीनता, स्वतन्त्रताको पक्षमा, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानको पक्षमा हुने मानिसहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने भनाइ राखे । नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले अहिलेको सहकार्यलाई राम्रोसँग अगाडि बढाउनुपर्ने बताए ।
२०७४ मा एमाले र माओवादी एकता भई नेकपा बनाएजस्तो अहिलेको अवस्था नरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले कम्युनिस्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको बताए । अहिले एमाले र माओवादी लगायतका दलहरूबीचको सत्ता सहकार्यलाई राम्रोसँग अगाडि लैजाँदा एकताको आधार तयार हुने बताए । ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिस्ट एकता भन्ने पक्षमा छैनौँ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षा गराउन किसानले गरे भ्यागुताको विहे
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार