मुम्बईलाई सजिलै हरायो राजस्थानले : सन्दीपले लिए ५ विकेट, जैसवालको शतक
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार ७:११:३०
११ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि ९ विकेटको शानदार जित निकालेको छ। राजस्थानको जितका लागि सन्दीप शर्माले लिएको ५ विकेट र यशस्वी जैसवालले बनाएको शतक महत्त्वपूर्ण रहे।
गएराति भएको खेलमा सवाई मानसिंह स्टेडियम टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले दिएको १८० रनको लक्ष्य राजस्थानले एक विकेटको क्षतिमा आठ बल बाँकी हुँदै १८३ रन बनाएर भेट्टाएको हो।
मुम्बईमाथि सहज जितका लागि राजस्थानका ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे। ६० बलको सामना गरेका उनले ९ चौका र ७ छक्काको मद्दतमा नटआउट १०४ रन बनाएका हुन्। जोस बटल ३५ रनमा आउट हुँदा कप्तान सञ्जु स्यामसनलें नटआउट ३८ रन बनाए। मुम्बईका लागि पियुष चावलाले मात्र एक विकेट हात पारे।
सुरुमा ब्याटिङ गरेको मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। नेहल बढेरा ४९, मोहम्मद नाबी २३, सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्या १०÷१० रनमा आउट भएका थिए।
मुम्बईलाई सस्तैमा समेट्न राजस्थानका सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए। ट्रेन्ट बोल्टले २ विकेट लिँदा आवेश खान र युजवेन्द्र चहलले १/१ विकेट हात पारे।
यो जितसँगै राजस्थान १४ अंकका साथ शीर्ष स्थानमा कायमै छ। मुम्बई भने ६ अंकसहित सातौं स्थानमा छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार
टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार