लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार १८:५४:५८
११ वैशाख, काठमाडौं । आज बसेको लगानी बोर्डको ५८ औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशय पत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने 'मार्केट साउन्डिङ' परियोजनाको सूची स्वीकृत गरेको छ । सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राखिने छन् ।
आजको बैठकले दुई वटा परियोजनामा लगानी थप गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि रु छ अर्ब ६३ करोड ४० लाख बराबर थप लगानी स्वीकृत भएको छ । डाबर नेपाल प्रालिको लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि रु नौ अर्ब ६८ करोड पुर्नलगानीका लागि प्रस्ताव गरेको छ । उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्याङ्कन पश्चात् वार्ता प्रक्रिया अगाडि बढाइएको हो ।
बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी सम्मेलनलाई औपचारिकतामा मात्र सीमित नबनाई बढी भन्दा बढी नतिजामुखी बनाउन निर्देशन दिए । स्वदेशी, विदेशी तथा निजी क्षेत्रबाट हुने स्वपूँजी तथा ऋण परिचालनलाई सहजीकरण गर्न मन्त्रालयले विशेष एकाइ बनाएर अघि बढ्न प्रधानमन्त्री दाहालले निर्देशन दिए ।
सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट मात्र मुलुकको समृद्धि हासिल हुने बताउनुहुँदै प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई सुविधा दिन पुरातन सोच र पुरातन नीतिगत तथा कानुनी व्यवस्थाबाट सम्भव नरहेकाले सरकारले लगानीका अवरोध हटाउन कानुन संशोधनको कार्य अघि बढाएको बताए ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकको निर्णय कार्यान्वयनको अवस्था र तेस्रो लगानी सम्मेलनको तयारीको सम्पूर्ण पक्षको विषयमा जानकारी गराउनुभएको थियो । लगानी सम्मेलन यही वैशाख १६ र १७ मा हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
जाडोमा घाममा धेरै बेरसम्म बस्नु हुन्छ ? होसियार, क्यान्सर निम्त्याउन सक्छ
पुष ११, २०८१ बिहिबार
माग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
पुष ११, २०८१ बिहिबार
गलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
शैक्षिक केन्द्र बन्दै बर्दिबास
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार