ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार २०:४३:३७
११ वैशाख, रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले जिवनमरणको दोसाँधमा परेका एकजना ट्याक्टर चालकको ज्यान बचाएको छ ।
राजपुर नगरपालिका २ फतुहा महेशपुर स्थीत हुलाकी राजमार्गमा आज अपरान्ह ४ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र २ -०३ ००१ त ३८९ नम्बरको फलामे छड लोड गरेको ट्याक्टर अनियन्त्रित भई सडकको बाँया तर्फ खेतमा पल्टिएको थियो।
दुर्घटनामा परी ट्याक्टरमा सवार दुर्गाभगवति गाउँपालिका ३ मतसरीका वर्ष ३० का विश्वनाथ पण्डितको निधार र हात खुट्टामा सामान्य चोट पटक लागेको थियो।
दुर्घटनामा ट्याक्टर भित्र च्यापिएको चालक सोही ठाउँका बर्ष ३५ को चालक मुकेश पण्डितलाई सशस्त्र प्रहरीले राजपुर नगरपालिकाको जेसिविको मदतले उद्धार गरेको थियो।
चालक पण्डितको शरिरको सम्पुर्ण भागमा चोट पटक लाग्नुका साथै दुबै हात भाचिएको साथै घाईतेलाई गम्भिर अबस्थामा उद्धार गरी थप उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईले बताएका छन। उनीहरूलाई सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प फतुहाबाट असई सुवास थापाको कमाण्डमा ७ जना र ईलाका प्रहरी कार्यालय राजपुरबाट सई प्रमानन्द यादबको कमाण्डमा खटिएको ५ जनाको टोलीले उद्धार गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार