रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार २१:४४:३४
११ वैशाख, रौतहट । रौतहटको देवाहि गोनाही १ करुनिया स्थित मंगलवार अपरान्ह भएको आगलागीबाट ७ वटा घर जलेर लाखौंको क्षती भएको छ ।
बिद्युतको तार सर्ट भएर अपरान्ह ४ बजे भएको आगलागी बाट स्थानिय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी,ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी, र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको हो। आगलागी बाट घरमा रहेको अन्नपात,लत्ताकपडा ,भाडा वर्तन, नगद, सहित घरहरु जलेर पुर्ण रुपमा नष्ट भएर कुल १६ लाख ९० हजार बराबरको क्षती भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन।
सशस्त्र प्रहरी सुरक्षा बेश देवाहीबाट सई कृष्ण नन्दन राय यादबको कमाण्डमा खटिएको ९ जना, ईलाका प्रहरी कार्यालय देवाही गोनाही बाट इन्स्पेक्टर कुशाराम कार्कीको कमाण्डमा गएको १० जनाको टोली गौर नगरपालिका बाट गएको दमकल र स्थानिबासीहरुको सहयोगमा करीब ५ बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार