आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार ११:५५:४५
१२ वैशाख, इलाम । इलाम क्षेत्र नम्बर–२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले दलहरूले आज विभिन्न ठाउँमा चुनावी सभा गरेर आफ्नो प्रचार प्रसार अभियानको अन्त्य गर्दैछन् ।
नेपाली कांग्रेसले आज माङसेवुङ र देउमाईसहित निर्वाचन हुने ६ स्थानीय तहका ४२ वटै वडामा घरदैलो र मतदाता भेटघाटको कार्यक्रम गरिरहेको छ भने एमालेले चुलाचुलीमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा चुनावी सभा गर्दैछ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देउमाई नगरपालिका केन्द्र मङगलबारे र इलाम गरी २ ठाउँमा सभा गर्ने जानकारी दिएको छ । चुनावी प्रचारमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने केही दिनदेखि इलाममै रहेका छन् भने आजका सभामा उनले सम्बोधन गर्दैछन् ।
पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमको पनि चुलाचुलीमै आमसभा रहेको छ । इलाम–२ मा ठूला साना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहेका छन् । जसमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमबीच नै चुनावी प्रतिस्पर्धा रहेको देखिएको छ ।
यस बाहेक सो क्षेत्रमा एकीकृत समाजवादीका जीतबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरू डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।
यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् । उम्मेदवारहरूले चैत २८ देखि वैशाख १२ गते सम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने छन् । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले वैशाख १५ गते मतदान गर्न पाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार