मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १२:५६:२४
१२ वैशाख, काठमाडौं । भारतीय कम्पनी एमडीएच र एभरेष्टका मसलामा सिंगापुर र हङकङले प्रतिबन्ध लगाएपछि भारतले त्यसको जवाफ मागेको छ । मिडिया रिपोर्टका अनुसार भारतको वाणिज्य मन्त्रालयले सिंगापुर र हङकङको खाद्य नियामकहरूसँग विवरण मागेको हो ।
मन्त्रालयले सिङ्गापुर र हङकङमा रहेका भारतीय दूतावासलाई पनि यस विषयमा विस्तृत प्रतिवेदन पठाउन निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मन्त्रालयले एमडीएच र एभरेष्टसँग पनि विवरण मागेको छ ।
वाणिज्य मन्त्रालयले भनेको छ- 'दुवै कम्पनीका उत्पादन अस्वीकृत हुनुको कारण पत्ता लगाइने छ र त्यसलाई सच्याउन के गर्नुपर्दा निर्यात कर्ताको चासो र चासोका विषयमा पनि विचार गरिनेछ ।'
यस अघि सिंगापुर र हङकङले दुवै मसलामा क्यान्सर रोगको तत्व भेटिएको भन्दै प्रतिबन्ध लगाएका थिए ।हङकङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेष्टका केही प्याकेज गरिएका मसलाहरूमा कीटनाशक इथाइलिन अक्साइड फेला परेको दाबी गरेको छ र त्यसको प्रयोग नगर्न सल्लाह दिएको छ । यससँगै यसको खरिद–बिक्री बन्द गर्न पनि भनिएको छ । त्यस्तै सिंगापुरमा पनि एभरेष्टको फिस करी मसाला बजारबाट फिर्ता लिन निर्देशन दिइएको छ ।
सिङ्गापुरले एभरेष्टको फिस करी मसालामा इथिलीन अक्साइड भेटिएपछि देशको खाद्य निकायलाई बजारबाट फिर्ता लिन आदेश दिएको छ । देशमा यो मसलाको आयातकर्ता मुथैया एन्ड सन्स प्राइभेट लिमिटेडलाई यो उत्पादन बजारबाट फिर्ता लिन भनिएको छ । सिङ्गापुरको फुड एजेन्सीले उपभोक्ताहरूलाई एभरेष्टको माछा करी मसला प्रयोग नगर्न सल्लाह दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु
बैशाख २३, २०८१ आइतबार
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार