उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १३:९:५७
१२ वैशाख, स्याङ्जा । उपभोक्ता हित संरक्षणमा स्थानीय सरकारहरू बेखबर बन्न थालेपछि यसको निगरानीमा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सक्रियता बढाउन थालेका छन् । उपभोक्ता हिसंरक्षणका लागि बजार अनुगमन गर्ने जिम्मेवारी कानुनले स्थानीय सरकारलाई दिएको छ ।
तर स्थानीय सरकार यसमा बेखबर बन्न थालेपछि जिल्ला प्रशासन र जिल्ला प्रहरीले यसको निगरानी बढाएका हुन् । लुम्बिनी प्रदेश लगायत अन्य भागबाट स्याङ्जा जिल्लामा र स्याङ्जाको बाटो हुँदै पोखरा जाने दूध, तरकारी, मासु जन्य, फलफूल लगायतका सामग्रीको गुणस्तर चेकजाँचमा कडाइ गर्न थालिएको छ ।
प्रशासनले नेपालगञ्जबाट पोखरा लैजादै गरिएको दुधको गुणस्तर परीक्षण गरेर यसको शुभारम्भ गरेको छ । नमुनाका लागि प्रशासनले नेपालगञ्जबाट पोखरा स्थित सुजल डेरी उद्योगको ग २ ख ४३७ नंवरको ट्याङ्कराट नमुना दूध संकलन गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा पठाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा पौडेल, घरेलु तथा पर्यटन कार्यालयका प्रमुख, पुतलीबजार नगरपालिकाका प्रतिनिधि, नागरिक समाज, पत्रकार महासंघका अध्यक्ष सहित पत्रकारहरू, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्रतिनिधि सहित सिद्धार्थ राजमार्गवाट स्याङ्जा हुँदै पोखरा तर्फ जाँदै गरेको सुजल डेरी उद्योगको दुध वोक्ने ट्याङ्करबाट तिनवटा नमुना संकलन गरि परीक्षणका लागि पोखरा पठाइएको छ ।
विभिन्न उद्योगबाट जिल्लामा विक्री वितरण हुने दुध र दुधजन्य पदार्थको गुणस्तर कायम गर्न राजमार्ग हुँदै विभिन्न उद्योगमा जाने दूधको परिक्षण गरी गुणस्तरको बारेमा जानकारी लिन नमुना परीक्षणका लागि पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । परीक्षण पश्चात् उक्त दूध गुणस्तरहीन प्रमाणित भएमा खाद्य ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा भित्रने र बाहिरिने दुबै सामग्रीको अब चेकजाँच अगाडी बढाउने गरी काम गरिएको सहायक प्रजिअ पौडेलले बताए । मानवको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैसगँ छैन उनले भने,‘यसमा प्रशासन निर्मम भएर लाग्ने छ ।’ सबै संयन्त्रलाई चलायमान बनाएर उपभोक्ता हित संरक्षणमा प्रशासन अव मौन बस्दैन उनले भने ।
संकलन गरिएको नमुना खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा पठाइएको छ । कार्यालयमा खाद्य निरिक्षक पुर्णकला थापाको नेतृत्वमा आएको टोलीले उक्त नमुना संकलन गरेको हो । यसको रिपोर्ट ४८ घण्टामा आइपुग्ने गुण नियन्त्रक निरिक्षक थापाले बताइन् । कृषिजन्य तरकारीको आयातमा जिल्ला भित्रिने फलफूल तथा तरकारीमा विषादी परीक्षणको काम समेत जिल्ला भित्रिने नाका राम्दीमा सुरु भैसकेको तथा बजारमा विक्री वितरण गर्ने उपभोग्य वस्तुहरूको समेत अनुगमन गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
पौडेल स्याङ्जामा प्रहरी प्रमुखको रुपमा आएपछि उपभोक्ता हित संरक्षणमा सक्रिय भएर लागेका छन् । उनले सिद्धार्थ राजमार्ग लगायत भित्रि सडकमा चल्ने सवारी साधनका चालकको लापसे चेकिङ समेत शुरु गरेका छन् । शुभारम्भकै दिन लागु पदार्थ सेवन गरी सवारी चलाउने ६ जना पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार