चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १६:४०:१५
१३ वैशाख, नयाँदिल्ली । भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी र्यालीलाई सम्बोधन गर्दा आफू बेहोस भएको बताएका छन् । मुलुकको मौसम ब्यूरोले मतदानका क्रममा मुलुकका केही भागमा लु चल्ने चेतावनी दिएको थियो ।
यसै साता एसियाका धेरै मुलुकमा चर्को तापक्रमले असर पुर्याएको छ । अत्यधिक गर्मीको पूर्वानुमानका कारण फिलिपिन्स र बङ्गलादेशमा विद्यालयहरू बन्द गरिएको छ ।
सडकमन्त्री नितिन गडकरी बुधबार पश्चिमी राज्य महाराष्ट्रको एउटा सानो सहरमा सम्बोधनका क्रममा बेहोस भएको थियो । त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको पुनः निर्वाचनका लागि प्रचार गरिरहेका थिए ।
घटनाको फुटेजमा मन्त्री बेहोस हुँदै गरेको र सञ्चालकहरूले उनलाई मञ्चबाट बाहिर लैजाँदै गरेको देखाइएको छ । उक्त दिनपछि गडकरीले सामाजिक सञ्जाल एक्समा लेखे, “र्यालीका क्रममा गर्मीका कारण मलाई असहज महसुस भयो तर अहिले म पूर्ण स्वस्थ छु ।” उनले आफ्नो चुनावी प्रचार अभियान अघि बढाएको बताए ।
भारतीय मौसम विज्ञान विभागले बिहीबार आगामी पाँच दिनमा कम्तीमा नौ वटा पूर्वी र दक्षिणी राज्यमा भीषण गर्मीको अवस्था जारी रहने सम्भावना रहेको बताएको छ । “लुदेखि लिएर गम्भीर लुको अवस्था प्रबल हुने सम्भावना छ, केही स्थानमा पहिलादेखि नै तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ”, विभागले विज्ञप्तिमा जनाएको छ ।
छ सातासम्म चल्ने म्याराथुन निर्वाचनका बीच सम्पूर्ण भारतमा ठूला बाहिरी प्रचार र्यालीहरू आयोजना भइरहेका छन् । शुक्रबार मतदानको दोस्रो चरणमा लाखौँ मानिसले मतदान गर्दैछन् ।
भारतको निर्वाचन आयोगले ‘शान्तिदायक उपायहरू’ को दृष्टिले प्रत्येक चरणको मतदानअघि लु र आद्र्रताको प्रभावको समीक्षा गरिरहेको भन्दै यसले अहिले पनि नागरिकहरूलाई आफ्नो मत खसाउन अनुमति दिने बताएको छ । जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, अधिक लगातार र अधिक तीव्र हुँदै गरेको वर्षौँको वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु
बैशाख २३, २०८१ आइतबार
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
बैशाख २३, २०८१ आइतबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
युरिक एसिड बढ्यो, कसरी नियन्त्रण गर्ने ?
बैशाख २३, २०८१ आइतबार
के तपाई आर्थिक समस्याले हैरान हुनुहुन्छ ? शनिदेवको आशीर्वाद पाउन अपनाउनुहोस् यी उपाय
बैशाख २३, २०८१ आइतबार
आइतबार सुनको मूल्य स्थिर, प्रतितोला कति ?
बैशाख २३, २०८१ आइतबार
सन्दीपको रिट मुख्य न्यायाधीश निरौला र ढुंगेलको इजलासमा
बैशाख २३, २०८१ आइतबार
माधव नेपाल लाइनमा नआएसम्म सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत नदिन ओलीको निर्देशन
बैशाख २३, २०८१ आइतबार
म्यानचेस्टर सिटीको वोल्भ्समाथि फराकिलो जित
बैशाख २३, २०८१ आइतबार