श्रममन्त्रीमार्फत विदेशमा रोजगारी गरिरहेका नेपालीलाई भोट हाल्ने व्यवस्था गर्न समितिको निर्देशन
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १६:४५:५५
१३ वैशाख, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई बोलाएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा रोजगारी गरिरहेका नेपाली श्रमिकलाई मताधिकारको प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । मत हाल्ने पाउने व्यवस्थाबारे भएको प्रगतीबारे जानकारी दिन पनि समितिले निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले जनशक्तिको ठूलो हिस्सा मुलुक बाहिर रहेको भन्दै निर्वाचनमा मताधिकारबाट वञ्चित गराउन नहुने समितिको निष्कर्ष छ । मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चितताका लागि आवश्यक पहल गर्न समितिले निर्देशन दिएको हो ।
बैठकले नेपालमा सञ्चालिक मेनपावर कम्पनीको नियमित अनुगमन तथा निरीक्षण गरी वैदेशिक रोजगारीका क्षेत्रमा हुने सबै प्रकारणका ठगी अन्त्य गर्न श्रम मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।
बैठकले वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न मुलुकमा युद्ध तथा अन्य कारणले अलपत्र परेका नेपाली कामदारको पहिचान गरी तत्काल उद्धारका लागि कार्यसञ्चालन गरी नेपाल फिर्ता ल्याउनका लागि पहल गर्न पनि सरकारलाई निर्देशन दिइएको समितिका सभापति अव्दुल खानले जानकारी दिए ।
बैठकमा बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जानका लागि मातहतका कार्यालयबाट सहजरूपमा सेवा प्रवाह सुरु गरिरहेको बताए । उनले वैदेशिक रोजगारमा जानेहरूले अनलाइन प्रणालीबाट एक घण्टाभित्र श्रम स्वीकृति लिनसक्ने व्यवस्था सुरु गरिएको जानकारी दिए । उनले फ्रि भिसा, फ्रि टिकट व्यहारमा लागू नभएको र ९६ प्रतिशतले पैसा तिरेर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको भन्दै ठगी नियन्त्रणका लागि मन्त्रालयले आवश्यक काम गरिरहेको बताए ।
बैठकमा समिति सदस्यहरूले वैदेशिक रोजगारमा जाने श्रमिकहरू मेनपावरबाट विभिन्न बहानामा ठगिने गरेको भन्दै मन्त्रालय गम्भीर हुनुपर्ने सुझाव दिएका थिए । उनीहरूले रेमिट्यान्समा रमाउने सरकारले श्रमिकहरूको समस्या समाधानमा पनि ध्यान दिनुपर्ने बताएका थिए । बैठकले श्रम मन्त्रालयका लागि चालू आर्थिक वर्षमा विनियोजित बजेटको खर्चको अवस्था निराशाजनक रहेको भन्दै बजेट कार्यान्वयनमा रहेका व्यवधानको तत्काल समाधान गरी बजेट कार्यान्वयनमा आवश्यक सुधार गर्न पनि निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार