भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार १०:५६:१६
१४ वैशाख, भोजपुर । गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय तहका एक हजार बढी स्थानीयले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका एक हजार ७३ जनाले विशेषज्ञ डाक्टरबाट सेवा पाएका हुन् ।
नोबल मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा भेटिएका जटिल समस्या भएका एक सय ३४ जनालाई शल्यक्रियाको लागि सिफारिस गरिएको छ । षडानन्द नगरपालिकाका–६ का ६४ वर्षीय स्थानीय निलबहादुर खड्गीले “भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ”, भने, “निःशुल्क स्वास्थ्य शिविरमार्फत सबै खालका रोग उपचार गर्न पाइयो । धेरै खुसी लागेको छ । यही उपचार लिन बाहिरका अस्पतालमा जाँदा धेरै खर्च हुन्थ्यो ।”
शिविरमा सेवा लिन आएकी पवित्रा दर्जीले “शिविर सञ्चालनले दुर्गम क्षेत्रका हामीजस्ता धेरै नागरिकले सेवा पाएका छौँ”, भनिन् “सहज उपचार गर्ने अवस्था नहुँदा रोग लुकाएर बसेकाहरूले उपचार गर्न पाएका छौँ ।”
शिविरमा जनरल मेडिसिन तथा मुटुरोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक, कान घाँटी, न्यूरो सर्जरी, फोक्सो, छाला तथा यौनरोग, कलेजो तथा नसारोग, ल्याब परीक्षण, भिडियो एक्सरे, बालरोगलगायत रोगको निःशुल्क उपचार गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशको मृत्यु
बैशाख २३, २०८१ आइतबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
गर्मी बढेपछि बालबालिकामा संक्रामक रोगको समस्या बढ्यो
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार